७ चैत्र २०८२, शनिबार | March 21, 2026

रुपन्देहीकी मनीता यादवको मृत्यु शंकास्पद, दाईजोका कारण हत्या भएको माईतीपक्षको आरोप



लुम्बिनी । कार्तिक ३० गते बिष सेवनबाट मृत्यु भएको भनिएकी रुपन्देहीको मायादेबी गाँउपालिका वडा नं. २ दुबिहवाकी अन्दाजी २२ बर्षीया मनीता यादवको मृत्यु शंकास्पद बन्दै गएको छ । घटना प्रकृतिलाई लिएर माईती पक्षले दाईजो नल्याएको कारण देखाई मृतकको श्रीमान दिनेश यादव सहित पाँच जना बिरुद्ध किटानी जाहेरी दिए पछि निजको मृत्यु शंकास्पद बनेको होे ।

एकलाख मुल्य बराबरको सुन तथा मोटरसाईकल दाईजो नल्याएको कारण बहिनीलाई श्रीमान दिनेश यादव सहित सासु ससुरा लगायत पाँच जनाले कुटपीट पश्चात बिष समेत खुवाई हत्या गरेको मृतकका भाई रामशंकर यादवले राष्ट्रिय मानव अधिकार आयोगमा दिएको उजुरीमा उल्लेख छ ।

रामशंकरले कुटपीटबाट बहिनीको टाउको घाँटीेमा लागेको घाउचोट भएको घटना प्रकृतिको सचित्र प्रमाण सहित प्रहरी समक्ष किटानी जाहेरी दिन ईलाका प्रहरी समक्ष जादा प्रहरीले दर्ता गर्न नमाने पछि मानव अधिकार आयोग समक्ष उजुरी पेश गरेका थिए ।

मृतक यादवको माईती पक्षबाट आयोग समक्ष परेको उजूरीको आधारमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको राष्ट्रिय मानवअधिकार आयोगका दीपक ठाकुरले बताएका छन् ।

प्रहरीले भने पहिले नै केटा पक्षबाट ज्यान मुद्दा सम्बन्धी जाहेरी आईसकेको हुदा एउटै घटनाको दुईवटा जाहेरी लिई मुद्दा चलाउने प्रावधान नभएकोले उजुरी दर्ता नभएको बताउँदै आएको छ । प्रहरीले पनि हत्या भएकै आशंकामा गम्भीरताका साथ अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरिक्षक रबिन्द्र महतले बताए ।

 

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ९ : ५४ बजे

आज ‘इद उल फित्र’, इस्लाम धर्मालम्बीहरुले धुमधामका साथ ‘इद’ मनाउँदै

काठमाडौं । देशभरका इस्लाम धर्मावलम्बीले आज इद(उल फित्र (इद) मनाउँदै

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ