४ पुस २०८२, शुक्रबार | December 20, 2025

रुपन्देहीकी मनीता यादवको मृत्यु शंकास्पद, दाईजोका कारण हत्या भएको माईतीपक्षको आरोप



लुम्बिनी । कार्तिक ३० गते बिष सेवनबाट मृत्यु भएको भनिएकी रुपन्देहीको मायादेबी गाँउपालिका वडा नं. २ दुबिहवाकी अन्दाजी २२ बर्षीया मनीता यादवको मृत्यु शंकास्पद बन्दै गएको छ । घटना प्रकृतिलाई लिएर माईती पक्षले दाईजो नल्याएको कारण देखाई मृतकको श्रीमान दिनेश यादव सहित पाँच जना बिरुद्ध किटानी जाहेरी दिए पछि निजको मृत्यु शंकास्पद बनेको होे ।

एकलाख मुल्य बराबरको सुन तथा मोटरसाईकल दाईजो नल्याएको कारण बहिनीलाई श्रीमान दिनेश यादव सहित सासु ससुरा लगायत पाँच जनाले कुटपीट पश्चात बिष समेत खुवाई हत्या गरेको मृतकका भाई रामशंकर यादवले राष्ट्रिय मानव अधिकार आयोगमा दिएको उजुरीमा उल्लेख छ ।

रामशंकरले कुटपीटबाट बहिनीको टाउको घाँटीेमा लागेको घाउचोट भएको घटना प्रकृतिको सचित्र प्रमाण सहित प्रहरी समक्ष किटानी जाहेरी दिन ईलाका प्रहरी समक्ष जादा प्रहरीले दर्ता गर्न नमाने पछि मानव अधिकार आयोग समक्ष उजुरी पेश गरेका थिए ।

मृतक यादवको माईती पक्षबाट आयोग समक्ष परेको उजूरीको आधारमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको राष्ट्रिय मानवअधिकार आयोगका दीपक ठाकुरले बताएका छन् ।

प्रहरीले भने पहिले नै केटा पक्षबाट ज्यान मुद्दा सम्बन्धी जाहेरी आईसकेको हुदा एउटै घटनाको दुईवटा जाहेरी लिई मुद्दा चलाउने प्रावधान नभएकोले उजुरी दर्ता नभएको बताउँदै आएको छ । प्रहरीले पनि हत्या भएकै आशंकामा गम्भीरताका साथ अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरिक्षक रबिन्द्र महतले बताए ।

 

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ९ : ५४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको