२ फाल्गुन २०८१, शुक्रबार | February 14, 2025

समुदायमा संक्रमण पहिचान गर्न एन्टिजिन परीक्षण सुरु



काठमाडौं । सरकारले कोभिड–१९ संक्रमणको पहिचानका लागि एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोगमा ल्याएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय परीक्षण निर्देशिकालाई परिमार्जन गरी एन्टिजिनमा आधारित परीक्षणबाट कोभिड संक्रमणको पहिचान गर्ने व्यवस्था गरेसँगै काठमाडौं उपत्यकामा परीक्षण सुरु भएको हो ।

गत सोमबारदेखि सुरु गरिएको कार्यक्रम अन्तर्गत पहिलो चरणमा उपत्यकाका ३ हजार व्यक्तिमा एन्टिजिन परीक्षण गरिने छ ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य निरिक्षक कोशलचन्द्र सुवेदीले काठमाडौं उपत्यका भित्रका बढी संक्रमण देखिएको ६ वटा वडामा ३ हजार नमुना लिएर परीक्षण गर्न लागिएको बताए ।

मन्त्रालयबाट स्वीकृत भए अनुसार ५ सय भन्दा बढी संक्रमित भएका क्षेत्रहरुमा एन्टिजिन मार्फत परीक्षण गरिनेछ । जसअनुसार सक्रिय संक्रमितहरुको नजिकमा रहेकाहरुको मात्रै परीक्षण गरिनेछ । यो विधि अन्तर्गत पीसीआर परीक्षणका लागि नमुना लिए जस्तै गरी नाक वा घाँटीबाट स्वाब संकलन गरिने छ र किटमा राखेर आधा घण्टामै रिपोर्ट प्राप्त गर्न सकिने छ ।

महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)बाट प्रमाणित भइसकेकोले एन्टिजिन परीक्षणलाई विश्वसनीय मानिएको बताए । नेपालमा अहिलेसम्म कोभिड संक्रमणको पहिचान गर्न पीसीआर विधि मात्र भएको अवस्थामा कम लागत र कम समयमा एन्टिजिन परीक्षण गर्न लागिएको जनाए । एन्टिजिन परीक्षण गरिसकेपछि पीसीआर परीक्षण गर्न नपर्ने पनि उनले बताए ।

पछिल्लो समय उपत्यकामा संक्रमण दर बढ्दै गएको छ । यस्तो अवस्थामा एकैपटक समुदायमा परीक्षण गर्नुपर्ने अवस्थामा एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोग गरिने पनि महाशाखाको भनाइ छ । एन्टिजिन परीक्षण खासगरी समूहमा बसेर काम गर्ने क्षेत्रमा प्रयोग गरिने छ ।

मास स्क्रिनिङ, अस्पतालमा उपचाररत विरामीहरुको तत्काल रिपोर्ट आवश्यक पर्ने अवस्थामा, सफाइकर्मी, तरकारी बजार, कारागार, विभिन्न आवस गृह, सुरक्षाकर्मीमा एन्टिजिनको प्रयोग गरी परीक्षण गरिनेछ ।

एन्टिजिन परीक्षणले शरीरमा भाइरसको जिनको अवस्थालाई पत्ता लगाई नतिजा दिन्छ । त्यसैले यसलाई पीसीआर बराबर भएको मानिएको निर्देशक पाण्डेले बताउनुभयो ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ३ : ५९ बजे

विराटनगरमा सोरुम फुटाएर कार चोरी, युवा जना पक्राउ

विराटनगर । विराटनगरमा सोरुम फुटाएर कार चोरी गर्ने युवा पक्राउ

कांग्रेस एमालेको ध्यान संविधान संशोधनमा होइन, उल्ट्याउनमा केन्द्रित छ : प्रचण्ड

दोलखा। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस एमालेको

श्रमिक महिलाको पीर : आमा बन्ने कि जागिर रोज्ने ?

काठमाडौं । अर्घाखाँचीकी सङ्गीता थापा बुटवलको अमरपथस्थित ब्युटी कलेक्सनमा काम

बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

तनहुँ । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो

सरकारको आम्दानी र खर्च दुवै कमजोर, विकास खर्च १९ प्रतिशतमा खुम्चियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको