२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

बर्दियामा देश कै पहिलो सिकलसेल उपचार केन्द्र स्थापना



बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाले देश कै पहिलो सिकलसेल उपचार केन्द्रको स्थापनागरेको छ । नगरपालिकाले निर्माण गर्न लागेको सिकलसेल उपचार केन्द्रको भवनको बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गाबहादुर थारु(कबिर)ले शिलान्यास गरेका छन् ।

नगरपालिकाका अनुसार नगरपालिकाको करिब चार करोड ३३ लाख ५० हजार लागतमा सिकलसेल उपचार केन्द्रको भवन निर्माण हुने भएको हो । सिकलसेल उपचार कै लागिनिर्माण सुरु गरीएको यो भवन नेपाल कै पहिलो उपचार केन्द्र भएको नगरपालिकाले दाबी गरेको छ ।

सिकल सेल रोग पश्चिम नेपालका थारु जातिमा मात्र देखिएको वंशाणुगत रोग हो । थारुहरुको बाहुल्यता रहेकोले सिकलसेलका रोगीहरुलाई सहज उपचार गर्नका लागि उपचार केन्द्रको स्थापना गरेको बारबर्दिया नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले यस अघि सिकल सेल रोगको स्क्रिनीङ्ग टेस्ट गरेको थियो । स्क्रिनीङ्ग टेस्टममा एक बर्ष देखि २९बर्ष उमेर समुहका बालबालिका तथा युवाहरुको रक्त परिक्षण गरीएको थियो । सो परिक्षणमा नगरभित्र सिकलसेल रोगी एक सय २४ जना र बाहक दुई हजार जना फेला परेका थिए । सिकलसेल बढ्न सक्ने अनुमान गरेर नगरपालिकाले सिकसेल र थाईलोसोमिया एक परिचय नामक पुस्तक समेत प्रकाशन गरेको छ । सो पुस्तक बारबर्दिया नगरपालिकामा सामाजिक विषय अन्र्तगत स्थानीय पाठ्यक्रमको रुपमाकक्षा ९ र १० मा पढाई हुन्छ ।

सिकलसेल रोगको बर्दिया जिल्लामा उपचार नहुँदा विरामीहरु नेपालगञ्ज, काठमाडौँ र भारतको लखनउ सम्म जान बाध्य थिए । बर्दियामा रोगको पहिचान नभई उपचार गराउँदा घर जग्गा नै विक्रि गरी सुकुम्बासी समेत बनेका उदाहरणहरु छन् ।

सिकलसेल रोगको पहिचान र उपचारकालागि अस्पतालको स्थापना गर्न लागिएको बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गाबहादुर थारुले बताए । उनल भने – ‘थारुहरुको बाहुल्यताभएको स्थान र सिकलसेल रोगहरुको संख्या बढि भएको हुनाले समेत नेपाल मै पहिलो पटक सिकल सेल उपचार केन्द्रको स्थापना गरेकाहौँ ।’उपचार केन्द्रको भवन एक बर्षमा नै निर्माण गरी सेवा सुचारु गर्ने उनको भनाई छ ।

उपचार केन्द्र सञ्चालनमा आएपछि थारु लगाएतका जातीहरुले जुनसुकै समयमा सिकलसेल पहिचानको लागि रगत जाँच गराउन सक्नेछन् भने सिकलसेल रोग पत्ता लागेमा उपचार पनि गराउन सक्ने बारबर्दिया नगरपालिकाकी उपप्रमुख अञ्जु दहितले बताईन् । ‘सिकलसेल रोगको उपचार भन्दापनि रोग लाग्नै नदिने उपाए अपनाउनु पर्छ ।’ उनले भनिन् –‘त्यसको लागि रक्तपरिक्षण गरी सिकल सेल रोगी, सिकलसेल रोग बाहकहरु विच विहेबारी रोक्नु पर्छ त्यसका लागि पनि उपचार केन्द्रले सहयोग पुर्याउने छ ।’

थारु जातिमा विवाह हुनुपुर्व सिकल सेल परिक्षण गरी त्यसको आधारमा विवाह गर्न प्रोत्साहन गर्ने नगरपालिकाको योजना रहेको छ । उपचार केन्द्रमा जुनसुकै समयमा थारु युवाहरुले निःशुल्क रक्त परिक्षण गर्न पाउने छन् । सिकल सेल रोग बाहक बाबु आमाबाट जन्मेको बच्चामा जटिल रोग देखिने चिकित्सकहरु बताउँछन् ।

उपचार केन्द्रको भवन निर्माणको लागिकरीब ६ करोड ३७लाख ४८ हजार लागतअनुमान गरीएको छ । भने उक्त भवन निर्माणको लागि ४ करोड ३३ लाख ५० करोडमा कैलालीको टि डि आर कन्ट्रक्सन प्रालि ले जिम्मा लिएको छ । भवन २०७८ पुस ११ गते सम्मनिर्माण सम्पन्न गरीसक्नु पर्ने ठेक्का सम्झौता गरीएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ८ : ४२ बजे

शान्तिपूर्ण निर्वाचनका लागि अमेरिकाद्वारा बधाई

काठमाडौँ । नेपालमा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा

नेपालमा निर्वाचन सम्पन्न भएकोमा भारतको स्वागत

काठमाडौं । नेपालमा सफलतापूर्वक आम निर्वाचन सम्पन्न भएकोमा भारतले स्वागत

मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य

निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निःस्वास्र्थ र निष्ठा राखेर काम

बाँकेमा २ लाख २२ हजार ३६६ जनाले गरे मतदान, पुरुष भन्दा महिलाले गरे बढी मतदान

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बाँके जिल्लामा ६३