१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

गुलरियामा किशोरी लक्षित यौन तथा प्रजनन् बिशेषज्ञ स्वास्थ्य शिविर



बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–१०, रत्नापुरमा १० देखि २४ वर्षीया किशोरीहरुलाई लक्षित गरी यौन तथा प्रजनन् बिशेषज्ञ स्वास्थ्य शिविर संचालन गरेर सम्पन्न गरिएको छ ।

क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालन गरिएको सशक्त बालिका परियोजना अन्तर्गत स्वास्थ्य कार्यालय बर्दियाको समन्वयमा गुलरिया नगरपालिका स्वास्थ्य शाखा र बाँके युनेस्को क्लबको संयुक्त आयोजनामा सो स्वास्थ्य शिविर संचालन गरिएको हो ।

सो शिविरबाट २७९ जना किशोरी तथा युवा महिलाहरुले महिला विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा बिभिन्न किसिमका सेवा तथा उपचार गराएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताए ।

उनले शिविरमा उपचारका लागि आएका किशोरीहरुले शिक्षण अस्पतालका वरिष्ठ चिकित्सकहरुबाट पाठेघर, गर्भवती जाँच, मनोसामाजिक परामर्श लगायत यौन तथा प्रजनन स्वास्थ्य सेवा लिएको बताए ।

अनुगमनका लागि शिविरमा पुगेकी गुलरिया नगरपालिकाका उपमेयर साबित्रा गौतमले यस्ता शिविरहरु समय समयमा संचालन गर्नु आवश्यक रहेको जनाउँदै स्वास्थ्य सेवाबाट बन्चित समुदायलाई नियमितरूपमा यस्ता शिविरबाट उपचार सेवा दिन सकिने बताइन् ।

गुलरिया नगर पालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले स्वास्थ्यको पहुँच नपुगेका स्थानीय किशोरीले नेपालमा औषधि उपचार नगराएर सीमावर्ती भारतमा गएर उपचार गराउनु पर्ने बाध्यता रहेकोले यो स्वास्थ्य शिविरबाट धेरैजना लाभान्वित भएको बताए ।
सो अवसरमा गुलरिया नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत ओमकार शाह, जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको सशक्त बालिका परियोजनाका कार्यक्रम संयोजक गोविन्द लामिछानेले बताए ।

स्वास्थ्य शिविरमा डा. कबिता सिन्हा र डा. आदिति धितालले किशोरीहरुको स्वास्थ्य परीक्षण गरेका थिऐ भने अन्य स्वास्थ्यकर्मीले पनि सहयोग गरेका थिए ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ९ : २२ बजे

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

दाङ । यहाँको तुलसीपुरमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएको

जनकपुरधाममा होटल पौवाको १९औं शाखा सञ्चालनमा

जनकपुरधाम । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न प्रहरी अग्रसरता

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन

राजधानीमा तीनदिने आदिवासी जनजाति चलचित्र महोत्सव

काठमाडौँ । छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आइतबारदेखि सुरु

रास्वपा सभापति लामिछाने आज भारत भ्रमणमा जाँदै

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको