३ श्रावण २०८२, शनिबार | July 20, 2025

बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु, एक घाइते



बर्दिया । बर्दियामा हात्तीको आक्रमणमा परी आज एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

ठाकुरबाबा नगरपालिका-२ पेरहनी निवासी करिब ५२ वर्षीय शिवप्रसाद थारुको मृत्यु भएको र सोही वडाको सुजनपुरका २५ वर्षीय विश्राम थारु आक्रमण गरी घाइते भएका बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए ।

घाइते थारुको हात भाँचिएको छ । उनको ठाकुरबाबा नगर अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज पठाइएको संरक्षण अधिकृत वाग्लेले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्ज अम्रेनी क्षेत्रमा कुलो मर्मत गर्न गएको टोलीलाई हात्तीले आक्रमण गरेको थियो ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ७ : २१ बजे

पानी पार्ने प्रणाली विकासः पहाडी क्षेत्रमा जोखिम, तराईमा मौसम बदली मात्र

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणाली

प्रभावकारी बन्दै निःशुल्क एम्बुलेन्स सेवा

पर्वत । यहाँको जलजला गाउँपालिकामा सञ्चालिन निःशुल्क एम्बुलेन्स सेवाबाट ज्येष्ठ

सचिवालय बैठकले प्रस्ताव गरेको विधान संशोधनसम्बन्धि प्रस्ताव एमाले पोलिटब्युरोबाट पारित

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकले सचिवालयबाट निर्णय भएर आएको

दाङको राप्ती गाँउपालिकामा पाठेघरको मुखको क्यान्सर जाँच शिविर : डेढ सय बढी महिलाले लिए सेवा

दाङ। दाङको राप्ती गाउँपालिका–५ स्थित राप्ती आधारभूत अस्पताल कालापानीमा आयोजित

नहरमा डुबेर एक जनाको मृत्यु

कैलाली । कैलालीको लम्की चुहानगरपालिका– ६ बाघमारा, रानीजमरा कुलरिया सिँचाइ