४ पुस २०८२, शुक्रबार | December 20, 2025

मंसिर २२ मा लगनगाँठो कस्दै श्वेता खड्का



काठमाडौं । नायिका श्वेता खड्का मंसिर २२ गते वैवाहिक जीवनमा बाँधिने भएकी छिन ।

बिहेका लागि निम्तो कार्डसमेत बाँढिएको छ । धनगढीका विजयेन्द्र सिंह रावतसँग नायिका खड्काको बिहे हुने पक्का भएको हो ।

गोकर्ण फरेस्ट रिसोर्टमा नायिका खड्काको वैवाहिक कार्यक्रमका हुने नातेदार र आफन्तलाई बाँढिएको कार्डमा उल्लेख छ । विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेकोसमेत चर्चा चलेको थियो । तर नायिका खड्काले यसअघि आफू प्रेममा नरहेको दाबी गर्दै आएकी थिइन् ।

नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । नायिका खड्काले श्वेताश्री फाउन्डेसन खोलेर समाज सेवा समेत गर्दै आएकी छन ।

श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग विसं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको विसं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ७ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको