२९ माघ २०८१, मंगलबार | February 12, 2025

१० वर्ष अघि फेला परेको बाँकेको महेशपुरमा सशस्त्र प्रहरीको बीओपी भवन शिलान्यास



बाँके । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा पर्ने १० वर्ष अगाडी भेटिएको सिमावर्ती क्षेत्र महेशपुरमा सशस्त्र प्रहरी बलको बिओपी भवन शिलान्यास गरिएको छ ।

नेपाल–भारत सिमा अन्तर्गत पर्ने उक्त ठाउँमा बिओपी स्थापनाका राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले भवन शिलान्यास गरेका छन् । भवनन शिलान्यास कार्यक्रममा बोल्दै पालिका अध्यक्ष थारुले जनताले अहिलेसम्म सिमा स्तम्भको सुरक्षा गर्दै आएकोमा अब सुरक्षाकर्मीसँग मिलेर सुरक्षा गर्नुपर्ने बताए । उनले सिमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरु आफ्नो राष्ट्र र राष्ट्रियता प्रति बफादार रहेको स्पष्ट पारे ।

सशस्त्र प्रहरी बल सम्शेरगन्जका शसस्त्र प्रहरी नायव उपरिक्षक जनकराज पन्तले उक्त भवनलाई सशस्त्र प्रहरीले चाडै प्रयोग गरेर शान्ति, सुरक्षामा खटिने प्रतिबद्धता ब्यक्त गरे ।

उक्त ठाउँमा सशस्त्र प्रहरी बलको बिओपी राख्नका लागि यसअघि जनप्रतिनिधी, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधी तथा सञ्चारकर्मीको एक सर्बपक्षिय टोली स्थलगत निरीक्षण गर्न त्यहाँ पुगेको थियो ।

उक्त ठाउँ बाँकेको अति दुर्गम क्षेत्रका रुपमा चिनिन्छ । १० वर्ष अगाडीमात्र महेशपुर सहित त्यस स्थानका १० गाँउ नेपाली भूमिमा पर्ने खुलासा भएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ९ : २३ बजे

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ

सामाजिक सञ्जालसम्बन्धी विधेयक ‘जसरी पनि’ संसदबाट पास गर्छौं : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीनानाथ शर्मा

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी

बाबुको हत्या आरोपमा छोरा–बुहारीसहित ६ जना पक्राउ

इलाम । इलाममा बाबुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका

जापान पठाइदिने भन्दै १ करोड २३ लाख ठगी गर्ने युवती बाँकेबाट पक्राउ

नेपालगन्ज । जापान पठाईदिने भन्दै बिभिन्न ब्यक्तिहरुबाट करोड बढी उठाएर