२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

तीन दिनदेखि खलङ्गा बजार अन्धकारमय



खलङ्गा । विद्युतगृहको यन्त्रमा खराबी आएपछि जुम्ला सदरमुकाम खलङ्गा बजार तीन दिनदेखि अन्धकारमय बनेको छ।

साना जलविद्युत् आयोजनाको घुघुतीस्थित विद्युत्गृहका यन्त्र बिग्रिएपछि सदरमुकाम खलङ्गा बजार अन्धकारमय बनेको हो । वैकल्पिक व्यवस्थाका लागि जुम्ला सदरमुकाम पु¥याइएको डिजेल प्लान्ट पनि थन्किएपछि स्थानीयवासी अँध्यारोमा बस्न बाध्य भएको नागरिक समाजका संयोजक राजबहादुर महतले बताए।

आयोजनाको घुघुतीस्थित विद्युत्गृहमा रहेको यन्त्रमा खराबी आएपछि विद्युत् उत्पादन नहुँदा खलङ्गा बजार अन्धकार भएको आयोजनाले जनाएको छ । विद्युत्गृहको यन्त्र जीर्ण भएपछि चार वर्षअघि तत्कालीन जिल्ला विकास समितिले भारतीय दूतावासको रु दुई करोड ६३ लाखको आर्थिक सहयोगमा नयाँ यन्त्र जडानको काम शुरु गरेको थियो । समितिको कार्यालय खारेज भएपछि निर्माणको काममा पनि ढिलाइ भएको थियो । नयाँ यन्त्र जडान गरेको एक वर्ष नपुग्दै बिग्रिएपछि खलङ्गा बजार पुनः अँध्यारो बन्न पुगेको छ ।

चौरभरि उपकरण र डिजेल प्लान्ट

विद्युतगृहको चौर उपकरण र डिजेल्ट प्लान्टले भरिएका छन् । गत वर्ष सदरमुकाम खलङ्गा अन्धकार भएपछि सङ्घीय सांसद गजेन्द्रबहादुर महतले सांसद विकास कोषबाट डिजेल प्लान्ट खरिद गर्न रु २४ लाख ६० हजार उपलब्ध गराएपछि सो रकमबाट खरिद गरेर २०० केभी ९१६० किलोवाट० क्षमताको उपकरण जुम्लामा पनि ल्याएर केही समय डिजेलबाट भए पनि बिजुली बल्यो तर डिजेलको खर्च थेग्न नसकिएपछि उक्त उपकरण पनि थन्किएको छ ।

सदरमुकाम खलङ्गा बिजुलीको विषयमा गत वर्ष सडकदेखि संसदसम्म चर्को विरोध र आलोचना भएपछि विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयले अर्को डिजेल प्लान्ट पनि पठायो तर डिजेल भने पठाएन । त्यो उपकरण पनि ल्याएदेखि एक दिन बिजुली नबालेरै थन्किएको विद्युत् प्राधिकरण वितरण शाखा जुम्लाका इञ्जिनीयर हेमन्त साहुले बताए।

विद्युतगृहको चौर उपकरणले भरिए पनि यहाँका उपभोक्ताले नियमित बिजुली बाल्न नपाएको विद्युत् वितरण शाखा जुम्लाले जनाएको छ । केन्द्रीय प्रसारण लाइन कहिले जिल्लामा आउने हो भन्ने कुनै टुङ्गो नभएको स्थानीयावासी जङ्गबहादुर रोकायाले बताए।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  १२ : ११ बजे

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३