१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

आन्तरिक लगानीलाई प्रोत्साहन, निजी क्षेत्रसँग सहकार्य : उद्योगमन्त्री भट्ट



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आन्तरिक लगानीलाई प्रोत्साहन गर्नेगरी निजी क्षेत्रसँग सहकार्य गर्ने बताएकाछन् ।

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुसँगको भेटमा मन्त्री भट्टले वैदेशिक लगानी भन्दा आन्तरिक लगानीलाई प्रोत्साहन गर्नेगरी काम गरिने स्पष्ट पारेका छन्।

कोभिड पछिको परिस्थितिमा लगानी बढाई रोजगारी सिर्जना गर्ने सन्दर्भमा सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुको विकल्प नहुने पनि बताए । त्यसैले उद्योग मन्त्रालयले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नेगरी नीतिगत व्यवस्था गर्ने बताए ।

महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेको स्थितिमा कतिपय उद्योगहरुमा मजदुरहरुले बन्द हडताल गरिरहेको भन्दै त्यसलाई रोक्न पहल गरिदिन मन्त्री भट्ट समक्ष माग गरे । उद्योग मन्त्रालयले निर्देशन जारी गरेर भएपनि बन्द हडताल रोक्नुपर्ने माग अध्यक्ष गोल्छाले गरे।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले साना तथा मझौला उद्योगहरुले पुनरकर्जाको सुविधा पाउन नसकेको बताएका छन् । यस्तै पुनर्तालिकिकरणमा समेत समस्या देखिएकोले त्यस्ता समस्या समाधानमा मन्त्रालयले पहल गर्नुपर्ने उद्योगीहरुले बताए ।  

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ४ : ०५ बजे

‘नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार भएको छ’

वासिङ्टन,डिसी । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक

इलाम-२ मा रास्वपाका उमेदवार मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२ मा

इजरायल र हमासबीच युद्ध विरामको संकेत

काठमाडौं । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा

गर्मीका कारण बङ्गलादेशका विद्यालय पुनः बन्द

एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय

बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको