२७ श्रावण २०८३, बुधबार | August 12, 2026

छोराको कुटपिटबाट बुबाको मृत्यु



गोरखा । सिरानचोक गाउँपालिका-८ जौबारीस्थित धन्सारमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ ।

खेतमा धान झार्ने क्रममा भएको सामान्य विवादका क्रममा ७० वर्षीय तुलाराम ढकाललाई उनका ४० वर्षीय छोरा भुवनले कुटपिट गरी हत्या गरेको आरोप लागेको छ ।

धापे भन्ने ठाउँमा खेतमा धान झार्ने क्रममा बुधबार विवाद हुँदा छोराले मुक्का र लौराले छाती र खुट्टामा हिर्काउँदा बुबा गम्भीर घाइते भएकामा उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।

उनलाई स्थानीय जौवारी स्वास्थ्यचौकीमा उपचारका लागि पु¥याइएको थियो । बाबुछोराबीच के विषयमा विवाद भएको थियो भन्नेबारेमा भने खुल्न बाँकी रहेको जनाइएको छ । घटनालगत्तै भुवनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जौबारीबाट खटिएको प्रहरी टोलीले युवकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय गोरखामा ल्याइ थप अनुसन्धान सुरु भएको खतिवडाले जानकारी दिए । शव गोरखा अस्पतालमा परीक्षण गरी परिवारलाई बुझाउने तयारी भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ४ : १७ बजे

सुनको मूल्य रु पाँच हजार दुई सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच

पर्सा राष्ट्रिय निकुञ्जमा ‘बाघ मित्र’ अभियान

जनकपुरधाम । बाघको सङ्ख्या बढेसँगै पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’

अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक

आज राष्ट्रियसभामा तीन विधेयक पेश हुँदै, आजै सातवटा संसदीय समितिको बैठक पनि

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दैछ

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत-राहुघाट प्रसारण लाइन