७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

छोराको कुटपिटबाट बुबाको मृत्यु



गोरखा । सिरानचोक गाउँपालिका-८ जौबारीस्थित धन्सारमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ ।

खेतमा धान झार्ने क्रममा भएको सामान्य विवादका क्रममा ७० वर्षीय तुलाराम ढकाललाई उनका ४० वर्षीय छोरा भुवनले कुटपिट गरी हत्या गरेको आरोप लागेको छ ।

धापे भन्ने ठाउँमा खेतमा धान झार्ने क्रममा बुधबार विवाद हुँदा छोराले मुक्का र लौराले छाती र खुट्टामा हिर्काउँदा बुबा गम्भीर घाइते भएकामा उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।

उनलाई स्थानीय जौवारी स्वास्थ्यचौकीमा उपचारका लागि पु¥याइएको थियो । बाबुछोराबीच के विषयमा विवाद भएको थियो भन्नेबारेमा भने खुल्न बाँकी रहेको जनाइएको छ । घटनालगत्तै भुवनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जौबारीबाट खटिएको प्रहरी टोलीले युवकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय गोरखामा ल्याइ थप अनुसन्धान सुरु भएको खतिवडाले जानकारी दिए । शव गोरखा अस्पतालमा परीक्षण गरी परिवारलाई बुझाउने तयारी भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ४ : १७ बजे

क्यानडामा विदेशी नागरिकलाइ सन् २०२७ सम्म घर किन्न प्रतिबन्ध

क्यानडा । विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै

बुटवल । आज बैशाख ७ गते । अर्थात बुटवलको जितगढीमा

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज

भारतमा लोकसभा निर्वाचनका लागि मतदान सुरू, पहिलो चरणमा १२० सिटका लागि मतदान

नयाँ दिल्ली । लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा