२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

गाउँ-शहरलाई व्यवसायिक हिसाबले जोड्ने प्रयास गर्दै गुल्मी भुर्तुङ् छापचौरका युवाहरू एकजुट हुँदै



बुटवल । गुल्मी कालीगण्डकी गाउपालिका बडा नम्बर-७ भुर्तङ्ग छापचौरका युवाहरू एकजुट भएका छन् ।

कामको सिलसिलामा जन्मभुमी छोडेर हिडेका युवाहरू अहिले आफनो जन्मभूमिमा केही गर्नुपर्छ भनेर गाउको उत्पादन बुटवल बजार ल्याउने योजना सहित अन्तरकृया कार्यक्रम गरेका छन् ।

गाउँ र शहरलाई व्यवसायिक हिसाबले एक अर्काबीच नजोड्दासम्म आर्थिक, सामाजिक विकास नहुने सोंचका साथ गुल्मी भुर्तङ्ग छापचौरका उद्यमशील युवाहरु व्यवसायिक सहकार्यको भावनाले अगाडि बढेका हुन् ।

उनीहरुले गाउँका कृषकहरुको उत्पादनलाई बजारीकरण गर्न सहज हुने सोंचलाई प्रदेशव्यापी बनाएर लैजाने कार्ययोजनाका साथ अगाडि बढ्ने निधो गरेका हुन् ।

यहाँका युवाहरुको यो अभियानलाई स्थानीय सरकार पनि सहयोग गर्न तयार रहेको गाउँपालिकाका अध्यक्ष बेद बहादुर थापाले बताए । सो समूहले सिद्धकालिका सहकार्य सस्था मार्फत सिद्धकालिका मल्टी प्रपोज प्रा.लि गठन गरेर आफ्नो काम थालनी गरेकोमा अध्यक्ष थापाले खुसी व्यक्त गरेका छन् ।

जन्मभूमि प्रतिको मायाले गर्दा गाउँको समग्र विकासका साथै आर्थिक सम्वृद्धिका लागि एकतावद्ध रुपमा अगाडि बढेकोमा स्थानीय सरकारले हरेक लगानीका सम्भावनालाई स्वीकार गर्ने प्रतिबद्धता समेत अध्यक्ष थापाले व्यक्त गरे ।

युवाहरुलाई स्वरोजगारी सिर्जना गर्ने अभियान रहेको संस्थाका सचिव सागर केसीले जानकारी दिए । युवाहरुले रुपन्देहीबाट सहकार्य गर्ने काम शुरु गरेको र सो कार्यले कृषि उत्पादन, पशुपालन र पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने देखेपछि गाउँ कार्यपालिका सहकार्य गर्न तयार भएको कालीगण्डकी गाउँपालिकाकी उपप्रमुख तारा थापाले बताईन ।

विकासका आयोजना सञ्चालन गर्ने लक्ष्य रहेको संस्थाका अध्यक्ष सन्तोष पौडेलले बताए । नेपाली काँग्रेस गुल्मी क्षेत्र १ का क्षेत्रिय सहसचिव पूण्य सुवेदी, कालीगण्डकी ७ का वडा अध्यक्ष लोक प्रताप शाह, भिजन लुम्बिनीका कूल बहादुर केसी, भुर्तुङ्ग तराई सम्पर्क समाजका अध्यक्ष राज कुमार केसी, संस्थाका उपाध्यक्ष फटिक क्षेन्री, अर्का उपाध्यक्ष कूल बहादुर कार्की, होटल व्यवसायी तथा जनमोर्चाका केन्दीय प्रतिनिधी राम बहादुर क्षेत्री, लगायतका व्यक्तित्वहरुले यो समूहको काम प्रसंसनीय भएको बताए ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ८ : ५३ बजे

नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको