१ पुस २०८२, मंगलबार | December 17, 2025

गाउँ-शहरलाई व्यवसायिक हिसाबले जोड्ने प्रयास गर्दै गुल्मी भुर्तुङ् छापचौरका युवाहरू एकजुट हुँदै



बुटवल । गुल्मी कालीगण्डकी गाउपालिका बडा नम्बर-७ भुर्तङ्ग छापचौरका युवाहरू एकजुट भएका छन् ।

कामको सिलसिलामा जन्मभुमी छोडेर हिडेका युवाहरू अहिले आफनो जन्मभूमिमा केही गर्नुपर्छ भनेर गाउको उत्पादन बुटवल बजार ल्याउने योजना सहित अन्तरकृया कार्यक्रम गरेका छन् ।

गाउँ र शहरलाई व्यवसायिक हिसाबले एक अर्काबीच नजोड्दासम्म आर्थिक, सामाजिक विकास नहुने सोंचका साथ गुल्मी भुर्तङ्ग छापचौरका उद्यमशील युवाहरु व्यवसायिक सहकार्यको भावनाले अगाडि बढेका हुन् ।

उनीहरुले गाउँका कृषकहरुको उत्पादनलाई बजारीकरण गर्न सहज हुने सोंचलाई प्रदेशव्यापी बनाएर लैजाने कार्ययोजनाका साथ अगाडि बढ्ने निधो गरेका हुन् ।

यहाँका युवाहरुको यो अभियानलाई स्थानीय सरकार पनि सहयोग गर्न तयार रहेको गाउँपालिकाका अध्यक्ष बेद बहादुर थापाले बताए । सो समूहले सिद्धकालिका सहकार्य सस्था मार्फत सिद्धकालिका मल्टी प्रपोज प्रा.लि गठन गरेर आफ्नो काम थालनी गरेकोमा अध्यक्ष थापाले खुसी व्यक्त गरेका छन् ।

जन्मभूमि प्रतिको मायाले गर्दा गाउँको समग्र विकासका साथै आर्थिक सम्वृद्धिका लागि एकतावद्ध रुपमा अगाडि बढेकोमा स्थानीय सरकारले हरेक लगानीका सम्भावनालाई स्वीकार गर्ने प्रतिबद्धता समेत अध्यक्ष थापाले व्यक्त गरे ।

युवाहरुलाई स्वरोजगारी सिर्जना गर्ने अभियान रहेको संस्थाका सचिव सागर केसीले जानकारी दिए । युवाहरुले रुपन्देहीबाट सहकार्य गर्ने काम शुरु गरेको र सो कार्यले कृषि उत्पादन, पशुपालन र पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने देखेपछि गाउँ कार्यपालिका सहकार्य गर्न तयार भएको कालीगण्डकी गाउँपालिकाकी उपप्रमुख तारा थापाले बताईन ।

विकासका आयोजना सञ्चालन गर्ने लक्ष्य रहेको संस्थाका अध्यक्ष सन्तोष पौडेलले बताए । नेपाली काँग्रेस गुल्मी क्षेत्र १ का क्षेत्रिय सहसचिव पूण्य सुवेदी, कालीगण्डकी ७ का वडा अध्यक्ष लोक प्रताप शाह, भिजन लुम्बिनीका कूल बहादुर केसी, भुर्तुङ्ग तराई सम्पर्क समाजका अध्यक्ष राज कुमार केसी, संस्थाका उपाध्यक्ष फटिक क्षेन्री, अर्का उपाध्यक्ष कूल बहादुर कार्की, होटल व्यवसायी तथा जनमोर्चाका केन्दीय प्रतिनिधी राम बहादुर क्षेत्री, लगायतका व्यक्तित्वहरुले यो समूहको काम प्रसंसनीय भएको बताए ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ८ : ५३ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष