२७ चैत्र २०८२, शुक्रबार | April 11, 2026

नेपाल–भारत सम्बन्ध पुनः सृदढ बन्ने बाटोमा : परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीचको सम्बन्ध सदृद्ध हुने बाटोमा अघि बढिसकेको बताएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा बोल्दै मन्त्री ज्ञवालीले भारतसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्ने बाटोमा अघि बढेको बताएका हुन् । ज्ञवालीले नेपाल–भारतबीच रहेका सीमा विवादलगायत सबै विषयमा छलफल हुने बताए ।

भारतीय विदेश सचिवको हालै सम्पन्न नेपाल भ्रमणले लामो समयदेखिको संवादहीनता अन्त्य गरेको बताउँदै उनले अब दुवै देश सबै विवादलाई वार्ताबाट हल गर्ने बाटोमा लगेको बताए ।

भारतीय विदेश सचिवको भ्रमणका क्रममा सबै विषयमा छलफल भएको ज्ञवालीको भनाइ थियो ।

नेपालले भारतसँगको व्यापार घाटा कम गर्नका लागि वाणिज्य सन्धिमा संशोधन चाहेको पनि उनले बताए । आगामी दिनमा त्यसबारे छलफल हुने कुरा भएको जानकारी दिँदै उनले विभिन्न चरणका बैठकमा जलस्रोत, व्यापार, वाणिज्यका साथै सीमा विवादमा पनि स्पष्ट छलफल हुने बाटो खुलेको दाबी गरे ।

उनले नेपाल–भारतबीचका विभिन्न संयन्त्रहरूको छलफल नियमित रुपमा अघि बढ्ने भएको पनि जानकारी दिए । केही दिनभित्रै ज्ञवाली दुवै मुलुकका परराष्ट्रमन्त्री रहेको संयुक्त आयोगको बैठकमा भाग लिन नयाँ दिल्ली जाँदैछन् । सो बैठक सफल भए भारतका विदेशमन्त्री एस जयशंकरले पनि निकट भविष्यमै नेपाल भ्रमण गर्नेछन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले चीनका रक्षामन्त्री वेई फेङहेको भ्रमणका क्रममा दुवै देशका सेनाबीचको सहकार्यलगायतका विषयमा छलफल भएको जानकारी दिए ।

रक्षामन्त्री वेईको भ्रमण नियमित भएको बताउँदै उनले भ्रमणका क्रममा दुई देशबीच विगतमा भएका सन्धि र लेटर अफ एक्सचेन्जको कार्यान्वयनबारे छलफल भएको ज्ञवालीले बताए ।

बैठकमा सांसदहरू भीम रावल र दिव्यमणि राजभण्डारीले गोयल र नरवणेको भ्रमणबारे परराष्ट्रमन्त्रीले धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका थिए । तर, परराष्ट्रमन्त्री ज्ञवालीले यसबारेमा भने केही पनि बताएनन् ।

 

 

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  १२ : १६ बजे

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

नवनियुक्त मन्त्रीद्वय यादवले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका

भक्तपुरमा बिस्का: जात्रा सुरु

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का:

संघीय संसद्को चालु अधिवेशन मध्यरातिदेखि अन्त्य

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन शुक्रबार मध्यराति १२ बजेदेखि