१ पुस २०८२, मंगलबार | December 17, 2025

अपाङ्गता सवाल सवैको साझा सवाल



बुटवल । अपाङ्गताको सवाल सबैको साझा सवाल भएको एक कार्यक्रमका सरोकारवालाहरुले बताएका छन् । २९ औ अन्तरष्ट्रिय अपाङ्गता दिवसको अवसरमा नेत्रहिन युवा संघ नेपाल रुपन्देहीले बुटवल १२ तामनगरमा आयोजना गरिएको सहायतका सामग्री प्रदान तथा अन्तरक्रिया कार्यक्रमाका सहभागीहरुले अपाङ्गता को विषय अपाङ्गता भएका व्याक्तिहरुको मात्रै सवाल नभएको भन्दै यो सबैको साझा सरोकारको विषय हुनुपर्नेमा जोड दिएका हुन ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष दुर्गा प्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय समाजिक विकास महाशाखा प्रमुख शारदा बस्यालले अपाङ्गताको सवाल अन्तरसम्बन्धीत सवाल भएको भन्दै अपाङ्गमैत्री वातावरणले सबैलाई सहजता ल्याउने धारणा राखिन् । उनले प्रदेश सरकार अपाङ्गताको विषयमा सदैव सजग रहेको भन्दै महाशाखा प्रमुख बस्यालले अपाङ्गताको विषयमा आफु जहिले पनि सकारात्मक रहेको बताईन ।

कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल पुर्व केन्द्रीय बरिष्ठ उपाध्यक्ष देवी बहादुर पोखरेलले अपाङ्गताको विषयलाई हेला, दयाको दृष्टिकोणबाट मात्रै हेर्ने परिपाटी भएको भन्दै यो विषय जहिले सम्म सबैको साझा विषय बन्दैन तब सम्म पछाडी परिरहने बताए ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश सचिव हुमनाथ अधिकारीले कोभिडको कारण अपाङ्गता समुदाय बढि प्रभावित भएको भन्दै यसमा समयमा नै विशेष ख्याल गर्नुपर्ने बताए । यस्तै नेत्रहिन संघ लुम्बिनी प्रदेश अध्यक्ष बाल कृष्ण मरासीनीले प्रदेशमा अपाङ्गता पुर्नस्थापनाको काम हुनुपर्ने भन्दै १ सय ९ वटा पालिकाले नै अपाङ्गताको विषयमलाई गम्भिरताको रुपमा हेर्नुपर्नेमा जोड दिए ।

बुटवल उपमहानगरपालिका, नेत्रहिन संघ लुम्बिनी प्रदेश र नेत्रहिन संघ रुपन्देहीको सहयोगमा भएको कार्यक्रममा विभिन्न अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरिएको थियो भने विशेष शिक्षा लिदै आएका दृष्टिविहिन भएका विद्यार्थीहरुलाई गमनशिलताको सहजताको लागि सेतो छडी समेत वितरण गरिएको थियो ।

नेत्रहिन युवा संघ नेपालका उपाध्यक्ष जिवन पोखरेलको स्वागत र जिल्ला अध्यक्ष टिकाराम पौडेलको सञ्चालनमा भएको कार्यक्रममा नेत्रहिन संघ रुपन्देहीका अध्यक्ष कृष्ण बहादुर जिसी, विरेन्द्र मावि छपियाका स्रोत शिक्षक लोकनाथ सापकोटा, पत्रकार कृष्ण खनाल लगायतले आ आफ्नो धारणा राखेका थिए ।

 

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ५ : ४३ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष