२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

अपाङ्गता सवाल सवैको साझा सवाल



बुटवल । अपाङ्गताको सवाल सबैको साझा सवाल भएको एक कार्यक्रमका सरोकारवालाहरुले बताएका छन् । २९ औ अन्तरष्ट्रिय अपाङ्गता दिवसको अवसरमा नेत्रहिन युवा संघ नेपाल रुपन्देहीले बुटवल १२ तामनगरमा आयोजना गरिएको सहायतका सामग्री प्रदान तथा अन्तरक्रिया कार्यक्रमाका सहभागीहरुले अपाङ्गता को विषय अपाङ्गता भएका व्याक्तिहरुको मात्रै सवाल नभएको भन्दै यो सबैको साझा सरोकारको विषय हुनुपर्नेमा जोड दिएका हुन ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष दुर्गा प्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय समाजिक विकास महाशाखा प्रमुख शारदा बस्यालले अपाङ्गताको सवाल अन्तरसम्बन्धीत सवाल भएको भन्दै अपाङ्गमैत्री वातावरणले सबैलाई सहजता ल्याउने धारणा राखिन् । उनले प्रदेश सरकार अपाङ्गताको विषयमा सदैव सजग रहेको भन्दै महाशाखा प्रमुख बस्यालले अपाङ्गताको विषयमा आफु जहिले पनि सकारात्मक रहेको बताईन ।

कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल पुर्व केन्द्रीय बरिष्ठ उपाध्यक्ष देवी बहादुर पोखरेलले अपाङ्गताको विषयलाई हेला, दयाको दृष्टिकोणबाट मात्रै हेर्ने परिपाटी भएको भन्दै यो विषय जहिले सम्म सबैको साझा विषय बन्दैन तब सम्म पछाडी परिरहने बताए ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश सचिव हुमनाथ अधिकारीले कोभिडको कारण अपाङ्गता समुदाय बढि प्रभावित भएको भन्दै यसमा समयमा नै विशेष ख्याल गर्नुपर्ने बताए । यस्तै नेत्रहिन संघ लुम्बिनी प्रदेश अध्यक्ष बाल कृष्ण मरासीनीले प्रदेशमा अपाङ्गता पुर्नस्थापनाको काम हुनुपर्ने भन्दै १ सय ९ वटा पालिकाले नै अपाङ्गताको विषयमलाई गम्भिरताको रुपमा हेर्नुपर्नेमा जोड दिए ।

बुटवल उपमहानगरपालिका, नेत्रहिन संघ लुम्बिनी प्रदेश र नेत्रहिन संघ रुपन्देहीको सहयोगमा भएको कार्यक्रममा विभिन्न अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरिएको थियो भने विशेष शिक्षा लिदै आएका दृष्टिविहिन भएका विद्यार्थीहरुलाई गमनशिलताको सहजताको लागि सेतो छडी समेत वितरण गरिएको थियो ।

नेत्रहिन युवा संघ नेपालका उपाध्यक्ष जिवन पोखरेलको स्वागत र जिल्ला अध्यक्ष टिकाराम पौडेलको सञ्चालनमा भएको कार्यक्रममा नेत्रहिन संघ रुपन्देहीका अध्यक्ष कृष्ण बहादुर जिसी, विरेन्द्र मावि छपियाका स्रोत शिक्षक लोकनाथ सापकोटा, पत्रकार कृष्ण खनाल लगायतले आ आफ्नो धारणा राखेका थिए ।

 

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ५ : ४३ बजे

नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको