४ पुस २०८२, शुक्रबार | December 19, 2025

हुम्लामा जीप दुर्घटना : ४ जनाको मृत्यु, ७ जना घाइते



हुम्ला । हुम्लाको सिमकोट गाउपाँलिका-७ डाडाफयामा बोलेरो जीप दुर्घटना हुदा चारजनाको मृत्यु भएको छ, भने सातजना घाइते भएका छन् ।

शुक्रबार राती लु २ च २१०२ नम्बरको बलेरो जीप हेप्काखोलाबाट बिरामी लिएर सिमकोट आउनेक्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

प्रहरी कार्यालय हुम्लाका प्रवक्ता प्रहरी निरीक्षक सिताराम बिष्टले दुर्घटनामा परि मृत्यु हुनेमा एक महिला र तीनजना पुरुषको मृत्यु भएको बताए । मृतकको सनाखत हुन नसकेको उनको भनाइ छ ।

दुर्घटनामा परी एक बालकसतित सात जना घाइते भएका छन् । बिष्टका अनुसार घाईते हुनेमा सिमकोट २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट-६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट-८ खोल्सिकी कल्पना सिंह, सिमकोट-८ खाल्सिका-१ बर्षे बालक मिलन सिंह, सिमकोट-८ खोल्सिकी सम्झना शाही नाम्खा गाउँपालिका वडा-१ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कबि सिंह रहेका छन् ।

घाइतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । बलेरो जीप सडकबाट करिब ६ सय मिटर तल खसेको थियो । दुर्घटनाको बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ६ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको