२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बुटवलमा मिष्टर रामापिथेकस हुने



बुटवल । बुटवलमा मिष्टर रामापिथेकस शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ ।

निरन्तर रुपमा बुटवल श्री अन्तर प्रदेश स्तरिय शारीरिक सुगठन प्रतियोगिता गर्दै आएको रुपन्देही जिल्ला शारीरिक सुगठन संघले यस बर्ष राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता गर्ने भएको हो ।

शुक्रबार भएको संघको बैठकले बुटवलमा भेटिएको आदिमानब रामापिथेकसको बंगरा भेटिएको ऐतिहासिकता तथा पृष्ठभूमि नेपालले अंग्रेजी सेनालाई घुडा टेकाउन सफल बुटवल जितगढी किल्ला महत्त्व थप उजागर हुने र खेलका मध्यमबाट सो क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी २०७८ बैशाख महिनामा मिष्टर रामापिथेकस राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिता गर्ने निर्णय गरिएको संघका जिल्ला अध्यक्ष सितु प्रसाद श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठको अध्यक्षता बसेको सो बैठकमा प्रशिक्षक तथा निर्णायक केशव बहादुर शाक्य र रुपन्देही जिम व्यवसायी संघका अध्यक्ष बिजेन्द्रमान श्रेष्ठ लगायत रुपन्देहीका रहेका जिम संचालकहरु समेत उपस्थिति रहेको थियो ।

सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका शारीरिक सुगठनका खेलाडीहरुलाइ सम्मानित गर्ने समेत निर्णय गरिएको थियो ।

प्रतियोगिताका लागि देश बिदेशमा रहेका शारीरिक सुगठन प्रेमीहरु हातेमालोका लागि अनुरोध गर्ने निर्णय समेत गरिएको संघका सचिव राज कुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ७ : ५० बजे

नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको