२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

कञ्चनपुरमा एचआइभी संक्रमित बढ्दै



महेन्द्रनगर । कञ्चनपुरमा एचआइभी एड्सका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

यहाँ खासगरी भारतका विभिन्न ठाउँबाट फर्किनेमा यसको सङ्क्रमण बढी मात्रामा देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा हालसम्म ५४९ जना एचआइभी सङ्क्रमित छन् । “केही वर्षयताको बिरामीको रेकर्ड हेर्दा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ”, स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भने, “भारतबाट काम गरेर फर्किने नेपालीमा धेरै एचआइभी एड्सको सङ्क्रमण देखिने गरेको छ ।”

आर्थिक वर्ष २०७३/७४ मा २१ जनामा एचआइभी सङ्क्रमित पुष्टि भएको थियो, भने ०७४/७५ मा थप २८ जना सङ्क्रमित थपिएका थिए । त्यसैगरी आव ०७५/७६ मा ४५ जना सङ्क्रमित थपिए भने ०७६/७७ मा थप ३३ जनामा एचआइभीका नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालयको रेकर्डमा उल्लेख छ ।

त्यसैगरी चालु आवको हालसम्म १३ जना एचआइभीका नयाँ सङ्क्रमित फेला परेको सुनारले जानकारी दिनुभयो । हाल यहाँ २८३ जना नियमित औषधि सेवन गरिरहेका छन् ।

चालु आवको चार महिनाको अवधिमा १३ जना नयाँ सङ्क्रमित थपिएकाले यो वर्ष अझ बढ्न सक्ने प्रमुख सुनारको भनाइ छ । कोरोना महामारीका कारण थुप्रै मानिसले बसाइ सरेको कारणले पनि एचआइभी एड्सका बिरामी बढ्न सक्ने स्वास्थ्यकर्मीको अुनमान छ । रासस

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ८ : ५५ बजे

मादी नदीमा निर्माणाधीन चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति

दमौली । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको

हिमालचुलीको रोयल्टी समयमै विभाज्य कोषमा जम्मा गर्न पर्वतारोहण सङ्घलाई आग्रह

काठमाडौं । पर्वतारोहण रोयल्टीबापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा

मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति

मुस्ताङ । पछिल्लो चारवर्षमा यहाँका तीन पालिकामा वन्यजन्तुुको आक्रमणबाट २३९

अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजको खेलमा अमेरिकाले

चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण

बेइजिङ । चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा