१ जेष्ठ २०८२, बिहिबार | May 16, 2025

कञ्चनपुरमा एचआइभी संक्रमित बढ्दै



महेन्द्रनगर । कञ्चनपुरमा एचआइभी एड्सका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

यहाँ खासगरी भारतका विभिन्न ठाउँबाट फर्किनेमा यसको सङ्क्रमण बढी मात्रामा देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा हालसम्म ५४९ जना एचआइभी सङ्क्रमित छन् । “केही वर्षयताको बिरामीको रेकर्ड हेर्दा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ”, स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भने, “भारतबाट काम गरेर फर्किने नेपालीमा धेरै एचआइभी एड्सको सङ्क्रमण देखिने गरेको छ ।”

आर्थिक वर्ष २०७३/७४ मा २१ जनामा एचआइभी सङ्क्रमित पुष्टि भएको थियो, भने ०७४/७५ मा थप २८ जना सङ्क्रमित थपिएका थिए । त्यसैगरी आव ०७५/७६ मा ४५ जना सङ्क्रमित थपिए भने ०७६/७७ मा थप ३३ जनामा एचआइभीका नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालयको रेकर्डमा उल्लेख छ ।

त्यसैगरी चालु आवको हालसम्म १३ जना एचआइभीका नयाँ सङ्क्रमित फेला परेको सुनारले जानकारी दिनुभयो । हाल यहाँ २८३ जना नियमित औषधि सेवन गरिरहेका छन् ।

चालु आवको चार महिनाको अवधिमा १३ जना नयाँ सङ्क्रमित थपिएकाले यो वर्ष अझ बढ्न सक्ने प्रमुख सुनारको भनाइ छ । कोरोना महामारीका कारण थुप्रै मानिसले बसाइ सरेको कारणले पनि एचआइभी एड्सका बिरामी बढ्न सक्ने स्वास्थ्यकर्मीको अुनमान छ । रासस

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ८ : ५५ बजे

‘सगरमाथा संवाद’को तयारी पूरा, शुक्रबार उद्घाटन हुने

काठमाडौँ । नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’को

राजस्व चुहावट गरेको अभियोगमा दधिराम खरेल र जगन्नाथ खनाल विरुद्ध मुद्दा दायर

बुटवल । बुटवलमा महङ्गा गाडीका पार्टस्को कारोबार गर्दै आएका प्रतिष्ठित

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल

‘सगरमाथा संवाद’मा सोलुखुम्बुको थामेको आवाज सम्बोधन हुने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको थामेलगायत क्षेत्रमा जलवायु

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको