१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

सम्पत्ति शुद्धीकरण नियम उल्लङ्घनमा तीन ब्रोकरलाई १.१० करोड जरिवाना, सानिमा क्यापिटललाई चेतावनी



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्था उल्लङ्घन गरेको ठहर गर्दै तीन ब्रोकर कम्पनीलाई १ करोड १० लाख रुपैयाँ जरिवाना गरेको छ। बोर्डका अनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गतका ग्राहक पहिचान तथा अनुपालनसम्बन्धी दायित्व पूरा नगरेपछि कारबाही गरिएको हो।

कारबाहीअनुसार सिप्ला सेक्युरिटिज प्रालिलाई ५० लाख रुपैयाँ जरिवाना गरिएको छ भने श्री कृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेज प्रालिलाई जनही ३० लाख रुपैयाँ जरिवाना गरिएको छ। बोर्डले ऐनको दफा ७-फ) बमोजिम यी संस्थामाथि आर्थिक दण्ड लगाएको जनाएको छ।

यस्तै, मर्चेन्ट बैंकर तथा सेयर रजिस्ट्रार सानिमा क्यापिटल लिमिटेडलाई भने सचेत गराइएको छ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस सेयर वितरणका क्रममा २ हजार ५३३ जना लगानीकर्ताको डिम्याट खातामा आवश्यकभन्दा बढी सेयर जम्मा भएको पाइएपछि बोर्डले पहिलोपटक चेतावनी दिएको हो। बोर्डले यसलाई व्यवसायिक मापदण्ड पालना नगरेको भन्दै भविष्यमा यस्तो त्रुटि नदोहो¥याउन निर्देशनसमेत दिएको छ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ११ : ४७ बजे

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका

कांग्रेस सभापति थापाद्वारा विशेष बैठक आह्वान, सरकारका गतिविधिबारे छलफल हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

जनकपुरधाम । दीपावली र छठको पूर्व सन्ध्यामा जनकनन्दनी गाउँपालिका–४ खजुरीका