२१ आश्विन २०८३, बुधबार | October 7, 2026

डोटीको चवराचौतारामा जीप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना घाइते



डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ चवराचौतारामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य ५ जना घाइते भएका छन् ।

दिपायलबाट चवराचौताराका लागि हिडेको म १ च ५५० नम्बरको जीप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ चवराचौताराका वडा सचिव (नायब सुब्बा) वर्ष २८ की मञ्जु त्रिपाठी र उनकी सासू आमा र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत केआईसिंह गाउँपालिका वडा नं ४ चनेकेसैन निवासी कृर्षि प्राबिधिक हरि भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।

घाइते हुनेहरूमा ग्लोबल आईएमई बैँकमा कार्यरत सुरक्षा गार्ड टिकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट, चालक कैलाश बम, मृतक मञ्जु त्रिपाठीका तिन वर्षीय छोरा घाइते भएका छन् ।

भिरबाट करिब २०० मिटर तल खस्दा मृतक र घाइतेहरूको विवरण तयार हुन सकेको छैन । घाइतेको उद्धार र मृतकको शव सङ्कलनको कार्य जारी रहेको छ ।

घाइतेहरूको स्थानीय, गाउँपालिकाका कर्मचारी र प्रहरी मिलेर उद्धार गरिएको छ । दिपायलबाट खत्याडीका लागि हिडेको जीप दुर्घटना भएको हो ।

घाइतेहरूलाई दिपायल पठाइएको घटनास्थलमा उद्धारमा खटिएका बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिए ।

दुर्घटना स्थलमा ईन्सपेक्टरको नेतृत्वको टोली घटनास्थल तर्फ गईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक ईन्द्रबहादुर मल्लले जानकारी दिए ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ६ : ४७ बजे

लुम्बिनीसहित विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । आज देशका विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङ, हावाहुरी र

कांग्रेस १५औँ महाधिवेशन : पहिलो नामावली सार्वजनिक, आज दाबी-विरोध

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

एनपिएलका लागि कीर्तिपुर मैदानको स्तरोन्नति अन्तिम चरणमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै

कांग्रेस १५औँ महाधिवेशन : बुटवलका नगर प्रमुख खेलराज पाण्डेयले केन्द्रीय सदस्यमा उम्मेदवारी दिए

बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख

नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु

काठमाडौं । नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको विमान दुर्घटना