१ माघ २०८१, मंगलबार | January 14, 2025

डोटीको चवराचौतारामा जीप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना घाइते



डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ चवराचौतारामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य ५ जना घाइते भएका छन् ।

दिपायलबाट चवराचौताराका लागि हिडेको म १ च ५५० नम्बरको जीप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ चवराचौताराका वडा सचिव (नायब सुब्बा) वर्ष २८ की मञ्जु त्रिपाठी र उनकी सासू आमा र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत केआईसिंह गाउँपालिका वडा नं ४ चनेकेसैन निवासी कृर्षि प्राबिधिक हरि भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।

घाइते हुनेहरूमा ग्लोबल आईएमई बैँकमा कार्यरत सुरक्षा गार्ड टिकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट, चालक कैलाश बम, मृतक मञ्जु त्रिपाठीका तिन वर्षीय छोरा घाइते भएका छन् ।

भिरबाट करिब २०० मिटर तल खस्दा मृतक र घाइतेहरूको विवरण तयार हुन सकेको छैन । घाइतेको उद्धार र मृतकको शव सङ्कलनको कार्य जारी रहेको छ ।

घाइतेहरूको स्थानीय, गाउँपालिकाका कर्मचारी र प्रहरी मिलेर उद्धार गरिएको छ । दिपायलबाट खत्याडीका लागि हिडेको जीप दुर्घटना भएको हो ।

घाइतेहरूलाई दिपायल पठाइएको घटनास्थलमा उद्धारमा खटिएका बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिए ।

दुर्घटना स्थलमा ईन्सपेक्टरको नेतृत्वको टोली घटनास्थल तर्फ गईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक ईन्द्रबहादुर मल्लले जानकारी दिए ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ६ : ४७ बजे

बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा तत्काल ध्यान दिन सरकारलाई अध्यक्ष प्रचण्डको आग्रह

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

गुल्मीको अग्लुङ-प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते

गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न

काठमाडौँ । नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त सैनिक

मेयर कप भलिबल : उपाधिको लागि मणिमुकुन्द र गोलपार्क भिड्ने

बुटवल । माघे संक्रान्तिको अवसर पारेर बुटवलमा संचालन भएको प्रथम

विद्यालय परिषरमै सुरु भयो मदिरालय सहित बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला-२०८१ (फोटो फिचरसहित)

बुटवल । व्यापक आलोचनाका बीच बुटवलमा खाना महोत्सव तथा माघेसक्रान्ती