२१ आश्विन २०८३, बुधबार | October 7, 2026

विपन्न परिवारको खरको छाना फेरिने



कञ्चनपुर । कञ्चनपुरका तीन नगरपालिकाका आर्थिकरूपमा विपन्न परिवारको खरको छाना फेरिने भएको छ ।

शहरी विकास मन्त्रालयको सुरक्षित आवास कार्यक्रमअन्तर्गत विपन्न परिवारका घरका छाना फेरिने भएका हुन् । शुक्लाफाँटा, वेदकोट र कृष्णपुर नगरपालिकाका गरी ८६१ आर्थिकरूपले विपन्न परिवारलाई सुरक्षित आवासमा बस्ने व्यवस्था मिलाउनका लागि छाना फेर्ने कार्य हुन लागेको छ ।

खरको छाना भएका घरमा जस्तापाता राख्नका लागि कार्यक्रम लागू गरिएको छ । कार्यक्रमअन्तर्गत एक घर बराबर रु ५० हजार बजेट खर्च गरिने बताइएको छ ।

‘घरको छाना राख्नका लागि आर्थिक जोहोको व्यवस्था मिलाउन नसक्ने विपन्न परिवारको नगरपालिकाले विवरण तयार गरेपछि छाना फेर्ने काम शुरु गरिनेछ’, प्रतिनिधिसभाका सांसद नरबहादुर धामीले भने, ‘छाना फेर्न आवश्यक भएका परिवारको विवरण तयार गर्नका लागि स्थानीय तहलाई भनिसकेका छौँ, केही दिनभित्रै छाना फेर्ने काम हुन्छ ।’

उनका अनुसार कृष्णपुर नगरपालिकामा ३१३, वेदकोट नगरपालिकामा २७१ र शुक्लाफाँटा नगरपालिकामा २७७ परिवारको खरको छाना विस्थापित गरी जस्तापाता राखिनेछ ।

निर्वाचनका बेला निर्वाचन क्षेत्रमा रहेका आर्थिकरूपले विपन्न परिवारलाई सुरक्षित आवासको व्यवस्था मिलाउने प्रतिबद्धता अनुसार घरको छाना फेर्ने काम हुन लागेको उनले बताए । रासस

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ८ : ४७ बजे

लुम्बिनीसहित विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । आज देशका विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङ, हावाहुरी र

कांग्रेस १५औँ महाधिवेशन : पहिलो नामावली सार्वजनिक, आज दाबी-विरोध

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

एनपिएलका लागि कीर्तिपुर मैदानको स्तरोन्नति अन्तिम चरणमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै

कांग्रेस १५औँ महाधिवेशन : बुटवलका नगर प्रमुख खेलराज पाण्डेयले केन्द्रीय सदस्यमा उम्मेदवारी दिए

बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख

नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु

काठमाडौं । नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको विमान दुर्घटना