१ पुस २०८२, मंगलबार | December 16, 2025

२८ गते बस्नेगरी नेकपा स्थायी कमिटी बैठक स्थगित, केन्द्रीय कमिटी बैठक पुष ५ गते



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक २८ गतेसम्मका लागि स्थगित भएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा भएको आइतबारको बैठकको अध्यक्षता पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।

बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले पेश गरेको प्रस्ताव र पत्राचारहरु स्थायी कमिटी सदस्यहरुलाई वितरण गरिएको छ । सदस्यहरुले यसबारे अध्ययन गरेपछि २८ गते छलफल हुने गरी आजको बैठक स्थगित भएको हो ।

बैठकमा प्रचण्डको ‘आरोपपत्र’ पेश गरिएका कारण आफु अनुपस्थित भएको ओलीले जिकिर गर्दै स्थायी कमिटी सदस्यहरुलाई अर्को नयाँ पत्र पठाएका छन् ।

स्थायी कमिटी बैठक २८ गते बस्ने भएपछि केन्द्रीय कमिटी बैठक फेरि पनि सरेको छ । केन्द्रीय कमिटी बैठक पुष ५ गतेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ४ : ०९ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा