४ बैशाख २०८१, मंगलबार | April 17, 2024

टावरको क्षमताभन्दा सिम बढी वितरण, सेवामा समस्या



सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा एक हप्तादेखि नेपाल टेलिकमको टेलिफोन सेवामा समस्या आएको छ ।

मोबाइलमा नेटवर्क देखाएता पनि पाँच,छ पटक डायल गरेपछि बल्ल घण्टी जाने गरेको, आवाज नसुनिने गरेको र कुराकानी गर्दागर्दै सम्पर्क विच्छेद हुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।

स्थानीयवासी राजबहादुर भण्डारीले भने, “मोबाइलमा कुरा गर्दा आवाज स्पष्ट सुनिँदैन । सुनिएपनि बुझिँदैन । बिहान र बेलुका नेटवर्कले केही काम गरे पनि दिउँसो बढी समस्या देखिएको छ ।”

नेटवर्कमा आएको समस्या समाधान गर्न पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए । अहिले मोबाइल नेटवर्कमा खराबी आएपछि काम गर्न सास्ती भएको छ ।

टेलिकमका प्रमुख शिव भट्टराईले जुम्ला र कालीकोट जिल्लामा रहेका रिपिटर टावरमा आएको खराबिले गर्दा भएको समस्या आएको र समाधान गर्न काम भइरहेको जानकारी दिए ।

टावरको क्षमता कम र सिम बढी वितरण भएको हुँदा पनि यस किसिमको समस्या देखिएको उनको भनाई छ । हुम्लामा टेलिकमको मात्र नभइ निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलको सेवामा पनि समस्या रहेको छ। रासस

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १२ : ५५ बजे

जिएमई रेमिटबाट पैसा पठाउँदा पठाए पटक क्यास ब्याक

काठमाडौं । रोमानियाबाट जिएमइ रेमिट प्रा.लि मार्फत नेपालमा पैसा पठाउँदा

आम्दा अस्पताल ३०० शैयामा स्तर बृद्धि, अव पाठेघरको क्यान्सरको उपचार आम्दाबाटै

बुटवल । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले आम्दा अस्पतालको स्तरउन्नतिका

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई

बुटवलको कालिकानगरमा बेष्ट ईस्टिच्युट संचालन

बुटवल । बुटवलको कालिकानगरमा बेष्ट इस्टिच्युटले नेपालमै केही गरौ भन्ने

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै प्रस्ताव अस्वीकार, दुई दिनभित्र फेरी दाबी गर्न आव्हान

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि