२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

सुनको मूल्य फेरि उकालो तर्फ



काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि बहुमूल्य धातुको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ निर्धारण गरिएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँ बढी हो। बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।

१० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४४ हजार ३४० रुपैयाँ पुगेको छ। अघिल्लो दिन यही परिमाणको सुन २ लाख ४३ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँ कायम भएको छ, जुन बिहीबारको मूल्यभन्दा ५० रुपैयाँले बढी हो। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।

सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको उतारचढाव, अमेरिकी डलरको अवस्था तथा विश्व आर्थिक गतिविधिको प्रभावअनुसार दैनिक रूपमा परिवर्तन हुने गरेको छ। नेपाली बजारमा महासंघले सोही आधारमा दैनिक नयाँ मूल्य निर्धारण गर्दै आएको छ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  १२ : १९ बजे

दानबहादुर कार्कीको रिट दर्ताबारे आज टुंगो लाग्ने

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा

एनपीएलमा आज कर्णाली-सुदूरपश्चिम र चितवन-पोखरा भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई

आजदेखि तिहार सुरु, धनतेरस मनाइँदै

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको

आजको मौसम : हिमाली क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली

चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीद्वारा विशेष सुरक्षा योजना लागू

काठमाडौँ । नेपाल प्रहरीले दीपावली, नेपाल संवत् र छठ पर्वलाई