१७ बैशाख २०८१, सोमबार | April 29, 2024

रिक्सामा छुटेको सात लाख फिर्ता



बाँके । नेपालगञ्ज उपमहानगरपालिका-१४ निवासी रिक्साचालक देवराज बर्माले रिक्सामा छुटेको रु सात लाख ४० हजारसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् ।

सोमबार भारतबाट घर फर्कने क्रममा घोराही उपमहानगरपालिका-५ धर्ना दाङ निवासी दत्तबहादुर नाथको रिक्सामा छुटेको रकमसहितको झोला बर्माले मङ्गलबार जिल्ला प्रहरी कार्यालमा पुगेर फिर्ता गरेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार रिक्सामा झोला छुटेको जानकारी पाएलगत्तै नाथले सोमबार नै जिल्ला प्रहरी कार्यालय बाँकेमा जानकारी गराएका थिए । पैसासहितको झोला हराएको खबर पाएको प्रहरीले सडकमा राखिएको सिसी क्यामेराको मद्दतले नाथ चढेको भे१ह ५०१९ नंको अटोरिक्सा पहिचान गरी चालकलाई खबर गरेपछि रकम फिर्ता भएको हो ।

प्रहरीले रिक्साचालक बर्मालाई सम्पर्क गरी रकमसहितको झोला मगाएको थियो । झोला बोकेर प्रहरी कार्यालय पुगेका बर्माले प्रहरीको रोहवरमा सम्बन्धित व्यक्तिलाई झोला फिर्ता गरेका हुन् । प्रविधिको प्रयोगबाट नगदसहितको झोला हराएको केहीबेरमै फेला पार्न प्रहरी सफल भएको प्रहरी उपरीक्षक रानाले बताए ।

यसैगरी जिल्ला प्रहरी कार्यालय बाँकेले जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय सुनाइएका अभियुक्तलाई ११ वर्षपछि पक्राउ गर्न सफल भएको छ ।

सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार भएका बाँकेको नरैनापुर गाउँपालिका-२ का ३४ वर्षीय हेमन्तकुमार शर्मालाई प्रहरीले पक्राउ गरेको बाँकेका प्रहरी उपरीक्षक रानाले जानकारी दिए ।

उनका अनुसार शर्माले विसं २०६६ कात्तिक २७ गते राति साविकको कालाफाँटा गाविस-३ हाल नरैनापुर गाउँपालिका-३ निवासी सात वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेका थिए । उनलाई जिल्ला अदालत बाँकेले विसं २०६८ असार ३१ गतेको १० वर्ष कैद सजायको आदेश सुनाएको थियो । रासस

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ८ : १४ बजे

लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार

काठमाडौं । काठमाडौँमा हिजोदेखि सुरूभएको तेस्रो लगानी सम्मेलनमा नेपालले ‘लगानीमा

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी

काठमाडौं । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण

न्याय सम्पादन गर्दा मातृभाषाको प्रयोग हुनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना