११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

स्पेनको आलिकान्ते स्थित नेपाली समाजमा फुट



बेनिर्डम । स्पेनको आलिकान्ते स्थित कोस्टाब्लाङका क्षेत्रमा बस्ने नेपालीहरुमा संस्था गठनको विषयमा विवाद बढेको छ ।

सन्२००९ देखि विभिन्न सामाजिक काम गर्दै आएको संस्थालाई परिवर्तन गरी एक पक्षले नयाँ संस्था दर्ता गरेर स्पेन समाज कोस्टाब्लाङकालाई परिवर्तन गरी नेपालसमाज एसोसियसनको नाममा नयाँ कमिटी गठन भएपछिउनीहरुबीच विवाद बढेको हो ।

समाजको एकपक्षले नयाँ संस्था बनाएर अघि वढेपछि उक्त संस्थाका केहिसंस्थापकहरुले पनि मंगलवार नयाँ कमिटी गठन गरेका छन् । समाज फुटेरदुईवटा कमिटी गठन भएपछि अहिले सामाजिक सञ्जालहरुमा एकपक्षद्दाराअर्को पक्षलाई आरोप प्रत्यारोप चलिरहेको छ ।

सोमवार अक्कलवहादुर बोहोराको अध्यक्षतामा एसोसियन गठन भएपछिअसन्तुष्टहरुको भेलाले मंगलवार केशवराज कंडेलको अध्यक्षतामा अर्कोकमिटी गठन गरेको हो ।

बोहोरा नेतृत्वको कमिटीमा उपाध्यक्षमा विनोद शेरचन, रीता आचार्य, देवराज सापकोटा र लक्ष्मण पाण्डे रहेको छन् भने महासचिवमा नवराज दुवाडी, सचिव अनुपसिंह भण्डारी, कोषाध्यक्षमा दुर्गा भण्डारी, युवा संयोजकमाबाबुराम गौतम र महिला संयोजकमा स्मृति गौतम रहेका छन् । यस्तैसदस्यहरुमा द्दारिका लामिछाने, ईश्वर गौतम, भरतराज न्यौपाने, रुद्रखत्री, महदत्त कंडेल र मन्जना पाण्डे रहेका छन् ।

यस्तै कंडेलको नेत्तृवमा मंगलवार गठन भको अर्का कमिटीको वरिष्टउपाध्यक्षमा निराजन लुईटेल, उपाध्यक्षहरुमा विनोदकुमार चौलागाई, कमलकंडेल, झरना कार्की रहेका छन् भने महासचिवमा बालकुमार बुढा, कोषाध्यक्षमा छविलाल श्रेष्ठ, युवा संयोजकमा प्रविन सुवेदी रहेका छन् ।यस्तै सदस्यहरुमा शैलेन्द्र थापा, शैलेस बज्राचार्य, शोभा पराजुली, श्यामराजकडेल, सुरेन्द्र रानामगर, विशाल रानामगर, नयन थापा, सरोज केसी, रविनगुरुङ र राजकुमार क्षेत्री रहेका छन् भने सल्लाहाकारहरुमा विरेन्द्र श्रेष्ठ, सुरेन्द्रभुजेल, रितेश श्रेष्ठ, सुरेश बज्राचार्य, विरबहादुर खत्री, केशर थापा, सुनप्रसादगुरुङ चयन भएका छन् ।

दुवै पक्षले आफुहरु आधिकारीक समाज भएको दावी गरेका छन् । अध्यक्ष कंडेलले एकपक्षले इतिहास बोकेको पुरानो संस्थालाई समाप्त पारेर नयाँसंस्था बनाएको र यसविषयमा आफुहरुसंग छलफल र सहमती नैनगरीएकोले आफुहरुले नयाँ संस्था बनाएको नभै पुरानै संस्थालाई पुर्नगठन गरेको बताए ।

उता बोहोरा पक्षधरहरुले भने संस्थालाई कानुनी रुपमा वैधताप्रदान गर्ने क्रममा संस्थाको नाम फेर्नु परेकोले नयाँ नाम राखिएको बताएकाछन् । अध्यक्ष बोहोराले कानुनी जटिलता आएकोले नाम फेरेको बताएका छन् । उनी यसअघि पनि समाजको अध्यक्ष नै थिए । समाजका संस्थापक अध्यक्ष रितेस श्रेष्ठले संस्थाको नाम पर्ने जस्तो गम्भिर विषयमा आफुहरुसंग छलफल नै नगरी एकलौटी ढंगले कम्पनी दर्ता गरे जसरी अर्को पक्ष अगाडिबढेकोले आफुहरुले गठन गरेको संस्था जोगाउन नयाँ कमिटी गठन गरीएको बताए ।

उनी कंडेल नेतृत्वको समाजमा सल्लाहकार रहेका छन् । एनआरएनआइसिसीका संस्थापक सदस्य विरेन्द्र श्रेष्ठले एकपक्षले अर्को पक्षको कुरानसुन्ने अवस्था आएकोले समाज फुटको स्थितिमा पुगेको बताए ।आफुहरुले मिलाएर लैजाने प्रयास गरेपनि समाजमा छलफल नगरीकनब्यक्तिगत निर्णयका आधारमा चल्ने प्रवित्ति बढ्दै गएकोले समस्या थपिएकोउनले बताए ।

उक्त समाजले यसअघि विभिन्न सांस्कृतिक क्रियाकलाप गर्नुका साथैएकअर्कामा पर्ने दुखपिडा र नेपालमा पर्ने आपतविपतहरुमा सहयोग संकलनगर्ने काम गर्दै आएको थियो । स्पेनको आलिकान्तेमा पर्ने कोष्टाबलाङका क्षेत्रमा एकिन तथ्याङ नभएपनि करिव एकहजार नेपाली रहेका छन् ।यसक्षेत्रमा धेरै नेपालीका रेष्टुरेन्ट र पसलहरु छन् ।

यसअघि एउटै संस्थामामिलेर आपसी सहयोग आदान प्रदान गर्दै अगाडि बढेका यसक्षेत्रकानेपालीहरुमा संस्थाको विषयलाई लिएर विवाद वढेपछि धेरैलाई चिन्ता बनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  २ : ०२ बजे

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

विचार- बौद्ध सजगता : तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र