२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

चिकित्सकको जन्मदिनमा चेपाङ बालबालिकालाई सहयोग



बुटवल । रुपन्देहीका वरिष्ठ न्युरोसर्जन डा.केआईसिह केसीले बुधबार जन्मदिन पारेर चितवन गामबेसीको चेपाङ बस्ती संरक्षण केन्द्रका बालबालिकालाई नगद २० हजार रुपैया सहयोग तथा रक्तदान गरेका छन ।

जन्मदिन पारेर सामाजिक कार्यमा थोरै भएपनि योगदान दिने रुपमा आर्थिक सहयोग गरेको उनले बताए । आफन्त डाकेर भिडभाड गरि भोज गर्नुमा खर्च हुने रकम सहयोग गर्ने परिपार्टी विकास गर्नुपर्ने उनले सुझाव समेत दिए । सधै अरुलाई भन्नुभन्दा पनि समाज परिवर्तन आफैबाट शुरुवात गर्नुपर्ने उनको धारणा छ ।

चिकित्सक केसीले बुधबार कान्तिपुर मिडिया लुम्बिनी प्रदेशका प्रमुख तथा संस्थाका सल्लाहकार दीपेन्द्र बडुवाललाई चेक हस्तान्तरण गरेका छन । गामबेसीको चेपाङ बस्ती संरक्षण केन्द्रमा सय जना बढि अनाथ बालबालिकाहरु आश्रित छन ।

स्थाई श्रोत नहुदा समस्यामा रहेका बालबालिकाहरुलाई देशभरबाट सहयोग जुट्दै आएको छ । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्लाका प्रेमलाल उदास, नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहानले सामाजिक कार्यमा सबैको सहकार्य हुनुपर्ने बताए ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  २ : ५४ बजे

नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको