१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

कैलाली र कञ्चनपुरका २ जना कोरोना संक्रमितको बाँकेमा मृत्यु



नेपालगन्ज । बाँकेमा उपचार गर्न आएका कैलाली र कञ्चनपुरका १-१ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । उपचारका लागि बाँके नेपालगन्ज मेडिकल कलेजमा उपचाररत २ जनाको फरक फरक समयमा गयराती मृत्यु भएको हो ।

जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार मंसिर १८ गते देखि उपचाररत बेलौरी ९ कञ्चनपुरका ४५ वर्षीय पुरुषको गयराती ९ः४५ बजे मृत्यु भएको हो । उनलाई रेम्डिशिवीर, प्लाज्मा सहित अक्सिजनको बिधिबाट उपचार भएपनि बचाउन नसकिएको कोरोना फोकलपर्शन तेज ओलीले बताए ।

त्यसैगरि कैलालीबाट मंसिर २० गते्बाट मेडिकल कलेजमा उपचाररत जमुनी २ कैलालीका ६७ वर्षीय पुरुषको बिहान ८ः४५ बजे मृत्यु भएको ओलीले बताए ।

आज मृत्यु भएसंगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका मध्य ६६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  १२ : ४२ बजे

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,