२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

नेपाल चलाउने सांचो देश बाहिरको बाहिरै : चित्रबहादुर केसी



बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल चलाउने सांचो मुलुक बाहिरै रहेको बताएका छन् । अध्यक्ष केसीले शक्ति र सत्तामा पुग्नका लागि भारतीय शासकहरुलाई खुशी पार्ने परम्परा कायमै रहेकाले यसका बिरुद्व जनतलाई सचेत गराउनु पर्ने बताए ।

गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको पक्षमा र संघीयता र भ्रष्टाचारको बिरोधमा बिहीबार बुटवलमा आयोजित सभामा बोल्दै अध्यक्ष केसीले दक्षिण तिरबाट नेपालको भूगोलमाथि आक्रमण गर्ने क्रम जारी रहेको दाबी गरे । उनलेले नेपाली जनताले लामो समयसम्म कुरवानी गरेर ल्याएको गणतन्त्रको रक्षा गर्नुपर्ने उल्लेख गर्दै सत्तापक्ष र प्रतिपक्षले गणतन्त्रको दुरुपयोग गरेको आरोप लगाए । उनले सत्तापक्ष र प्रतिपक्षबाटै प्रतिगमनको खतरा रहेकोसमेत स्पष्ट पारे ।

छिमेकीले नेपालमा हिन्दुराज्य कायम गराउन खोज्दा पनि सत्तापक्ष र प्रतिपक्ष मौन रहेकाले सत्ता पक्ष र प्रतिपक्षबाट प्रतिगमनको खतरा रहेको अध्यक्ष केसीको तर्क छ । अहिलेको पंूजीवादी गणतन्त्र पूर्ण नभएको र जनताको गणतन्त्र आउन बांकी रहेको उल्लेख गर्दै उनले जनताले चाहेको गणतन्त्र ल्याउन परवर्तनका उपलब्धीहरुको रक्षा गर्नुपर्ने बताए ।

गणतन्त्रको विकल्प राजतन्त्रको कल्पना पनि गर्न नसकिने बताउंदै अध्यक्ष केसीले हिजो राजाबाट फाइदा लिएकाहरुले आज सडकमा नारा लगाउंदैमा राजतन्त्र फर्कन सम्भव नभएको बताए । उनले नेपाललाई हिन्दु राज्य बनाउने षडयन्त्र भैरहेकाले जनतालाई सचेत बनाउनु पर्ने र गणतन्त्रबादी शक्ति एक ठाउंमा उभिनु पर्नेमा जोड दिए ।

अध्यक्ष केसीले सत्तामा रहेको नकेपा कम्युनिष्ट पार्टी नभएको दावी गर्दै नामले मात्र कोही पनि कम्युनिष्ट हुन नसक्ने स्पष्ट पारे । सत्तापक्षले सत्ता र शक्तिको दुरुपयोग गरेर भ्रष्टाचार गर्दापनि प्रपिपक्ष बोल्न नसकेको बताउंदै भ्रष्टाचारमा सत्तापक्ष र प्रतिपक्षको तालमेल रहेको दावी गरे । उनले नेपालमा संघीयता असफल सिद्व भैसकेको बताउंदै समयमा नै प्रादेशीक संरचना खारेज नगरिए कालान्तरमा संघीयताले देश नै खारेज गर्न सक्ने चेतावनी दिए ।

भ्रष्टाचार, अनियमितता,महङी, कालोबजारी, तस्करीले सीमा नाघेको उल्लेख गर्दै केसीले प्रश्न गरे – ‘चप्पल लगाएर काठमाण्डौ गएका नेताहरुका कसरी बने करोडौंका महल ?’

लुम्बिनी प्रदेश सांसद तारा जीसीले संघीय संरचना देशले धान्न नसक्ने बताउंदै अर्काको भर गरेर ऋणमा संघीयता टिकाउन नसकने बताईन् ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  १० : ३६ बजे

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको

पारस खड्काको चेतावनी- मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउछु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले

लखनउमाथि सनराइजर्सको १० विकेटको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ

आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया