२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

सियारीको ७ वटै वडामा लैङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान सम्पन्न



रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न सचेतनामूलक कार्यक्रम गरि मनाईएको छ । गाउँपालिकाको १ देखि ७ वटै वडामा विभिन्न संघसंस्था तथा समुहहरुको सहकार्यमा सचेतनामुलक सन्देशका साथ यो अभियान मनाईएको हो ।

वडा नं. ५ वाट सुरुभएको अभियान विभिन्न सरोकारवला तथा महिलाहरु विच अन्तरक्रिया तथा छलफल गर्दै अभियान विहिवार सकिएकोे छ । कार्यक्रम अन्तर्गत ७ वटै वडामा लैङ्गिक समानताका विषयमा छलफल अन्तरक्रिया गरिएको गाउँपालिकाले जनाएका छ । छलफलमा विभिन्न किसिमका हिंसा, कानुनी सचेतना, अधिकार तथा कर्तव्यका विषयमा छलफल, ११ वर्षदेखि २० वर्षमुनिका बालबालिका तथा किशोर किशोरीसँग बालविवाह सम्बन्धी छलफल, उद्यमी बनेका महिला र उद्यमी बन्न चाहने महिलाहरुको अनुभव आदानप्रदान गरिएको थियो ।

बालबालिका र महिलामाथि हुने हिंसा बढिरहेको र लैंगिक हिंसा चिन्ताजनक रुपमा बढ्दै गएकोले यसको न्युनिकरणका लागि विभिन्न संघसंस्थाहरुको सहकार्यमा सचेतनामूलक कार्यक्रम गरिने गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो । उहाँले भन्नुभयो- ‘हिंसा सहने गुपचुपको संस्कारले पीडकमा मनोवल बढ्न गई हिंसालाई बढावा दिईरहेको छ, पीडकहरूलाई सजाय दिन नसक्दा यस्ता व्यवहारहरू झन बढि रहेका छन् ।’

समाजमा गरिएका यस्ता चेतनामुलक कार्यक्रमले लैंगिक तथा महिला हिंसा र बाल विवाहमा कमी आउने अपेक्षा गरिएको गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले बताईन् । उनले भनिन् —’छलफलले नजानेका कुरा सिक्न मद्दत मिल्छ ।’

सबै खाले हिंसा अन्त्य गरी स्वस्थ समाज निर्माण गरिनु पर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिन प्रसाद भट्टाराईले बताए ।

अन्तरक्रियामा आफुहरुले धरै कुरा सिकेको सहभागिहरुले बताएकाछन् । महिला र बालिकाको क्षेत्रमा पालिकाले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने, महिलाहरुको लागि आयआर्जनका कार्यक्रम गर्नु पर्ने र समाजमा भइरहेका बालविवाह रोक्नुपर्ने, सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनु पर्ने लगायतका सुझाव सहभागीहरुले कार्यक्रममा दिइएका थिए ।

१६ दिन सम्म जारि अन्तक्रियामा कार्यक्रममा १ देखि ७ का वडा अध्यक्ष, जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, विभिन्न टोलका महिला, सरोकारवला लगाएतको सहभागिता रहेको थियो ।

‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ नोभेम्बर २५ अथवा मंसिर १० गतेदेखि सुरु भएको यो अभियान डिसेम्बर १० अर्थात मंसिर २५ गते आज सकिँदैछ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  १० : ५५ बजे

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको

नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको