४ चैत्र २०८२, बुधबार | March 18, 2026

महामारी सम्बन्धी आदेश कार्यान्वयन गर्न प्रधानन्यायाधीश जबराको आग्रह



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महामारीका बेला भएका आदेशको शीघ्र कार्यान्वयन राज्यको अभिभावकीय दायित्व भएकाले त्यसलाई निर्वाह गर्न आग्रह गरेका छन ।

नेपाल बार एशोसिएसनले भर्चुअल रुपमा मानव अधिकार दिवसका अवसरमा बिहीबार आयोजना गरेको मानव अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलन, २०७७ को उद्घाटनका अवसरमा उनले आदेशको गहनता, सघनता र अपरिहार्यतालाई महसुस गरी आ-आफ्नो ठाउँबाट जिम्मेवारी बोधका साथ क्रियाशील हुन सम्बद्ध सबै पक्षलाई आग्रह गरे ।

मानव अधिकारको संरक्षण र सम्वर्द्धनमा न्याय क्षेत्रको मेरुदण्डका रूपमा रहेको कानून व्यवसाय तथा न्याय प्रशासनको अभियन्ताका रूपमा रहने कानून व्यवसायीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रधानन्यायाधीश राणाले कोभिडको विषम परिस्थितिमा मानव अधिकारको संरक्षण र न्यायमा पहुँचमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रधानन्यायाधीश राणाले मानव अधिकारको विश्वव्यापी घोषणापत्रले मानव अधिकारलाई मानव मात्रको प्राकृतिक, नैसर्गिक र अन्तरनीहित अधिकारका रूपमा उद्घोष गर्दै साझा मापदण्ड स्थापित गरेको चर्चा गरे ।

मानव अधिकारको संरक्षण र प्रत्याभूतिका लागि न्यायपालिकाको भूमिका र जिम्मेवारी अत्यन्त महत्वपूर्ण र अपरिहार्य भएको भन्दै उनले महामारी प्रभाव न्याय क्षेत्रमा पनि परेको र अदालतले काम कारवाहीमा सङ्कुचनसहितको सेवा प्रवाह गर्दै आएका स्पष्ट पारे ।

नेपाल बार एशोसिएसन मानव अधिकार तथा जनसरोकार समितिका संयोजक अधिवक्ता सुनिल कुमार पोखरेलले देशभरी भएका मानव अधिकार उल्लङ्घनका घटनाको वार्षिक रुपमा समीक्षा गर्न सम्मेलन गर्ने गरेको जानकारी दिए । रासस

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ५ : १७ बजे

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत

इरान युद्धबारे असहमति जनाउँदै ट्रम्प प्रशासनका अधिकारी जो केन्टले दिए राजीनामा

काठमाडौं । जो केन्ट ले इरान युद्धसम्बन्धी नीति र प्रक्रियाप्रति

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत