८ बैशाख २०८१, शनिबार | April 20, 2024

बलिउडका चर्चित डान्सर अस्ताद देबुको निधन



एजेन्सी । भारतका चर्चित डान्सर अस्ताद देबुको निधन भएको छ । शास्त्रीय र आधुनिक नृत्यका ज्ञाता मानिने देबुको ७३ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केही समय अघिदेखि देबु बिरामी थिए । सन् १९४७ जुलाई १३ मा जन्मेका देबु बलिउडका शास्त्रीय र आधुनिक नृत्यका ज्ञाता मानिन्छन् । उनले शास्त्रीय नृत्यलाई मिलाएर आधुनिक शैलीमा विकास गरेकाे बताइन्छ ।

देबुले ७० भन्दा बढी देशमा एकल, सामूहिक र युगल नृत्य प्रस्तुति दिएका थिए । देबुले नृत्यबाटै हजारौँ फ्यान बनाएका थिए । उनले सन् १९९५ मा ‘संगीत नाटक अकादमी’ पुरस्कार तथा २००७मा ‘पद्यश्री’ सम्मान पनि पाएका थिए ।

बलिउड फिल्म निर्देशक मणिरत्नम, विशाल भारद्धजका फिल्म तथा एमएफ हुसैनकी फिल्म ‘मीनाक्षीः ए टेल अफ थ्री सिटीज’मा कोरियोग्राफी गरेका थिए । देबुको शास्त्रीय र आधुनिक नृत्य क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ६ : १२ बजे

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

‘पुजार सार्की’को ‘दर्शन गरेँ’ सार्वजनिक

काठमाडौं । जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को

चिनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

चेन्नई सुपर किंग्सविरुद्ध लखनउको ८ विकेटको जित

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न

एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुदैँछ