४ चैत्र २०८२, बुधबार | March 18, 2026

बलिउडका चर्चित डान्सर अस्ताद देबुको निधन



एजेन्सी । भारतका चर्चित डान्सर अस्ताद देबुको निधन भएको छ । शास्त्रीय र आधुनिक नृत्यका ज्ञाता मानिने देबुको ७३ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केही समय अघिदेखि देबु बिरामी थिए । सन् १९४७ जुलाई १३ मा जन्मेका देबु बलिउडका शास्त्रीय र आधुनिक नृत्यका ज्ञाता मानिन्छन् । उनले शास्त्रीय नृत्यलाई मिलाएर आधुनिक शैलीमा विकास गरेकाे बताइन्छ ।

देबुले ७० भन्दा बढी देशमा एकल, सामूहिक र युगल नृत्य प्रस्तुति दिएका थिए । देबुले नृत्यबाटै हजारौँ फ्यान बनाएका थिए । उनले सन् १९९५ मा ‘संगीत नाटक अकादमी’ पुरस्कार तथा २००७मा ‘पद्यश्री’ सम्मान पनि पाएका थिए ।

बलिउड फिल्म निर्देशक मणिरत्नम, विशाल भारद्धजका फिल्म तथा एमएफ हुसैनकी फिल्म ‘मीनाक्षीः ए टेल अफ थ्री सिटीज’मा कोरियोग्राफी गरेका थिए । देबुको शास्त्रीय र आधुनिक नृत्य क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ६ : १२ बजे

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका-२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

काठमाडौंमा आज घोडेजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा