२० मंसिर २०८२, शनिबार | December 6, 2025

बर्दियामा दोस्रो बुद्धिचाल प्रतियोगिता सुरु



बर्दिया । बर्दियामा जिल्ला बुद्धिचाल संघको आयोजनामा दोश्रो जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता गुलरिया नगरपालिका वडा न ६ को आर्थिक सहयोगमा आयोजना गरीएको हो ।

‘खेल र स्वास्थ्यमा हाम्रो सावाल, बुद्धि विकासको लागि बुद्धिचाल’भन्ने मुलनारा सहित सुरु भएको खेल दुई दिन सम्म चल्ने छ । प्रतियोगिताको उद्घाटन गर्दै गुलरिया नगरपालिकाकी उपमेयर शुसिला गिरीले खेलकुद स्वास्थ्य सँग जोडिएको भएकोले शारिरिक र मानसिक विकासकालागि खेलकुदको आयोजना निरन्तर हुनुपर्ने बताईन् ।

कार्यक्रममा बोल्दै गुलरिया नगरपालिका वडा नं ६का वडाध्यक्ष निरज शर्माले व्यक्तीहरुको मानसिक विकासको लागि बुद्धिचाल खेललाई स्थापीत गर्नुपर्ने बताए ।

बर्दियामा जिल्ला स्तरीय प्रतियोगीता भएको यो दोस्रो हो । खेलमा २६ जना खेलाडीको सहभागीता रहेका छन् । प्रतियोगिता अन्तर्गत खुला प्रतिस्पर्धा, विद्यार्थी प्रतिस्पर्धा र महिला प्रतिस्पर्धा र भेट्रान प्रतिस्पर्धा हुने बुद्धिचाल संघका जिल्ला अध्यक्ष ईश्वरकुमार श्रेष्ठले जानकारी दिए । विजयी प्रतियोगीलाई नगद पुरुस्कार सहित प्रमाण पत्रदिईने अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ७ : ०६ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय