८ कार्तिक २०८३, आइतबार | October 25, 2026

सिधा सडकले जोडियो ढोरपाटन-तकसेरा



ढोरपाटन । बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा सडक सञ्जालमार्फत जोडिएको छ । बागलुङको निसीखोला गाउँपालिका-५ निसेलढोर हुँदै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तकसेरा गाउँ सिधा सडक सञ्जालले जोडिएको हो ।

दुबै जिल्लाबाट सडक निर्माण गर्दै आएको हुँदा निसेलढोर नजिकै रहेको मनिमर्फेस भन्ने स्थानमा जोडिएको ढोरपाटन नगरपालिका-९ का वडा अध्यक्ष खिमबहादुर घर्ती मगरले जानकारी दिए । लामो समयदेखि रोकिएको काम ढोरपाटन सिकार आरक्ष कार्यालयले अनुमति दिएपछि सडक जोडिएको उनको भनाइ छ ।

सडकले दुई जिल्ला जोडेपछि अब पश्चिम बागलुङ र पूर्वी रुकुुमको यात्रा छोटिएको छ । यसभन्दा अगाडि नै बुर्तिबाङ बजारदेखि निसेलढोर जोडिएको थियो । एक दशकअगाडि निसेलढोर सडकले जोडिए पनि त्यसभन्दा माथि पुग्न सकेको थिएन । बुर्तिबाङ-ढोरपाटन ३१ किलोमिटर र ढोरपाटन-तकसेरा ३७ किलोमिटर रहेको वडाध्यक्ष घर्ती मगरले बताए ।

उनले भने, “अब बुर्तिबाङदेखि ६८ किलोमिटर दूरी पार गरेपछि तकसेरा पुग्न सकिने छ, यसभन्दा अगाडिसम्म तकसेराका स्थानीय मध्यपहाडी लोकमार्ग हुँदै रुकुमको काँक्रीबाट लामो दूरीको यात्रा गर्नुपर्ने अवस्था थियो, ढोरपाटन हुँदै सडक जोडिएपछि दूरी छोटियो ।”

ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायतले लामो समयको प्रयासपछि ढोरपाटन-तकसेरा सडक जोड्न सफल भएको बताए । सिकार आरक्षले अनुमति नदिँदा धेरै वर्षदेखि सडक निर्माण रोकिएकामा बल्ल निर्माण पुरा भएको उनको भनाइ छ ।

निसेलढोर तिरबाट सडकको ‘ट्र्याक’ खोल्न चालु आर्थिक वर्षमा रु १२ लाख ५० हजार विनियोजन गरिएको थियो । सोही बजेटले सडक निर्माण सम्पन्न गरिएको हो । अब तकसेरावासीलाई बागलुङसहित पोखरा र काठमाडौंसम्म पुग्न छोटो हुने र स्थानीय उत्पादन बजारीकरण गर्न सहज हुने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ८ : २७ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको