२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

कलंकीमा ब्रेक फेल भएको ट्रकको ठक्करबाट दर्जन सवारी साधनमा क्षति, एकजनाको घटनास्थलमै मृत्यु



काठमाडौं । काठमाडौंको कलंकीमा एउटा ट्रकले ६ वटा सवारी साधनलाई ठक्कर दिएको छ ।

ट्रकको ब्रेकफेल भएको प्रहरी अनुमान छ । ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृतक सडकपेटीमा बस्दै आएका नागरिक भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहका अनुसार हेटौँडाबाट सिमेन्ट लिएर सुकेधारातर्फ जाने क्रममा प्रदेश २ ०३००१ ख १४२० नम्बरको ट्रक ढुङ्गेअड्डा-कलंकी क्षेत्रमा अनियन्त्रित भएको थियो ।

सो ट्रकले एउटा ट्याक्सी, एउटा पिकअप भ्यान, एउटा बस, एउटा मोटरसाइकल, एउटा स्कुटर र साइकललाई समेत ठक्कर दिएको थियो । पछि ट्रक बिजुलीको पोलमा पुगेर ठोक्किएको थियो ।

बिजुलीको पोलसमेत भाँचेर टहरामा पुगेर ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकसहित दुईजना घाइते भएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ८ : ५२ बजे

१ सय रुपैयाँ बढीको सामानमा उठाउँदै आएको भन्सार शुल्कमा सर्वोच्च अदालतको रोक

काठमाडौं । नेपाल-भारत सीमा नाकाबाट १ सय रुपैयाँ भन्दा बढीको

विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालक नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकारण

नेपालगन्ज । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि

एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ