१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

सुन्तलाका बोट मर्दै गएपछि तनहुँका कृषक चिन्तित



तनहुँ । तनहुँ सुन्तला खेतीको लागि राम्रो सम्भावना बोकेको जिल्लामध्ये एक हो तर पछिल्लो समय यहाँका अधिकांश क्षेत्रका सुन्तलाका बोट मर्दै जान थालेपछि सुन्तला उत्पादक कृषक चिन्तित हुँदै गएका छन् ।

जिल्लाको आधा दर्जनभन्दा बढी पालिकामा लगाइएको सुन्तला खेतीको उत्पादनमा क्रमिकरूपमा ह्रास आउन थालेपछि यहाँका कृषक यतिबेला वैकल्पिक बालीको खोजीमा छन् । सुन्तला खेतीका लागि पर्याप्त मात्रामा पानीको स्रोत नहुनु, भएका पानीको स्रोत पनि सुक्दै जानु, विभिन्न किसिमका रोगले आक्रमण गर्नु, आवश्यकरूपमा खाद्यतत्व नपुग्नु र उचित किसिमले बगैँचा व्यवस्थापन नहुनुजस्ता कारणले सुन्तलाका बोट मर्दै गएको जिल्ला कृषि ज्ञान केन्द्र तनहुँका कृषि प्रसार अधिकृत एवं सूचना अधिकारी मोहनप्रसाद श्रेष्ठले जानकारी दिए ।

सुन्तला बगैँचा व्यवस्थापन राम्रो हुन नसक्दा क्रमिकरूपमा सुन्तला उत्पादनमा ह्रास आएर अन्ततः बोट नै मर्दै गएको श्रेष्ठले बताए । सुन्तला बगैँचाका बोट मर्दै जान थालेपछि वैकल्पिक बालीको खोजीमा छन् । उनले भने, “वैकल्पिक बालीका रूपमा किबी, कागती लगाउने कि फेरि सुन्तला नै लगाउने भन्ने कुरामा कृषक अन्योलमा परेका छन् ।”

जिल्ला कृषि ज्ञान केन्द्रले नयाँ सम्भावित क्षेत्रमा सुन्तला खेती विस्तार कार्य पनि गर्दै आएको जनाएको छ । जिल्लाको म्याग्दे गाउँपालिकाको उमाचोक र घिरिङ गाउँपालिकाको उवाचोक च्यासुलमा गत वर्ष १० हजार बिरुवा लगाइएको जिल्ला कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले बताए । “पुराना सुन्तला बगैंचा व्यवस्थापनको कमीले सुन्तलाका बोट मर्दै गएका छन्”, उनले भने “जुन क्षेत्रमा सुन्तला मर्दै गएका छन्, त्यस क्षेत्रका कृषक बढी चिन्तित छन् ।”

जिल्लाको शुक्लागण्डकी–११ राइपुर, व्यास नगरपालिका–११ र १३ को तनहुँसुर र बेनीकोट, देवघाट गाउँपालिकाको वडा नं २, ३ र ४ छिपछिपे बैदी, कोटबैदी, भिमाद नगरपालिका–९ को भानुमतिलगायतका क्षेत्र सुन्तला खेतीको लागि पकेट क्षेत्र हुन् । जिल्लामा एक हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएकाले यस वर्ष करिब आठ हजार मेट्रिक टन सुन्तला उत्पादन हुने अनुमान कार्यालयको रहेको छ ।

गत वर्ष तनहुँमा २३ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको थियो तर अहिले सुन्तलाको दानासमेत साना रहेकाले उत्पादन वृद्धि हुने सङ्केत कम देखिएको छ । गत वर्षको तुलनामा यस वर्ष अत्यधिक वर्षा भएकाले सुन्तला पाक्न ढिलाइ भएको छ । “यतिबेला सुन्तला बिक्री भइसक्ने बेला हो”, उनले भने, “सुन्तला पाक्न ढिलाइ भएकाले झर्ने समस्या पनि आएको छ ।”

तनहुँका सुन्तला बगैँचाको सम्बन्धित निकायले समयमै अनुगमन, समस्या र त्यसको निराकरणतर्फ नलाग्ने हो भने ठूलो क्षेत्रमा सुन्तला उत्पादनमा ह्रास आउने सङ्केत देखापरेको छ ।

कृषि अनुसन्धान परिषद्, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश, कृषि ज्ञान केन्द्र र स्थानीय सरकरका कृषि शाखालगायतका सम्बन्धित निकायले हरेक सुन्तला बगैँचा गएर कृषकलाई जनजागरण गर्ने, नयाँ प्रविधि तथा तालिम प्रदान गर्नुपर्नेलगायतका आवश्यकता देखिएको छ ।

सुन्तला खेतीमा देखिएको समस्याको पहिचान गरी निराकरणका लागि प्राविधिक तथा आर्थिक सहयोगको आवश्यकता पर्ने देखिएकाले बेलैमा सम्बन्धित निकायको यसतर्फ ध्यान पुग्न जरुरी छ ।-रासस

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  १० : २१ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा