७ चैत्र २०८२, शनिबार | March 22, 2026

कपिलवस्तुमा महिलाको हत्या, हत्याको आशंकामा १ जना पक्राउ



कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-५, चन्द्रौटामा एक महिलाको हत्या भएको छ।

चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्ने गरेकी दाङ सतबरिया घर भएकी ५१ वर्षीया सुशीला खड्काको शनिबार राति हत्या भएको हो।

चन्द्रौटा वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेश खरेलका अनुसार टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरी क्रूर तरिकाले हत्या भएको छ।

हत्यामा संलग्न आशंकामा प्रहरीले डेरामा सुशीलासँगै बस्ने भतिज तारणबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महिलाको शव परीक्षणका लागि जिल्ला अस्पलात तौलिहवा पठाइएको प्रहरी निरीक्षक खरेलले बताए। रासस

 

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  १० : २७ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा