७ चैत्र २०८२, शनिबार | March 22, 2026

नेकपा विवादको प्रभाव संवैधानिक परिषदमा, प्रधानमन्त्रीले बोलाएको बैठकमा सभामुख अनुपस्थित



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले हिजै बैठकमा अनुपस्थित हुने जनाएका थिए । तर, सत्तारुढ नेकपाभित्रको अन्तसंघर्षका कारण सभामुख सापकोटाा समेत अनुपस्थित भएपछि परिषद् बैठक प्रभावित भएको छ ।

दुई सदस्य अनुपस्थित भएपछि गणपुरक संख्याको अभावमा बैठक स्थगित भएको छ । सापकोटा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका छन् ।

सभामुख सापकोटा संसदको पूर्वनिर्धारित कार्यक्रममा संसद सचिवालयमै रहेको उनको सचिवालयले जनाएको छ ।

६ सदस्यीय संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीस, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेता रहने गर्छन् । बैठक बस्नका लागि ५ जनाको अनिवार्य उपस्थिति हुनुपर्छ ।

एक वर्षदेखि उपभामुख रिक्त रहेका कारण अहिले रहेका सबै सदस्य उपस्थित भएपछि मात्रै बैठक बस्न सक्छ । संवैधानिक परिषद ऐन २०६६ को दफा ६ को उप–दफा ३ मा अध्यक्ष र अन्य चार सदस्यको उपस्थिति अनिवार्य गरेको छ। संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने गर्छन् ।

तर, आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राण र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना मात्रै उपस्थित भएपछि बैठक प्रभावित बनेको हो ।

परिषदको बैठक नबस्दा विभिन्न संवैधानिक आयोगमा रिक्त ४५ पदमा नियुक्तिका लागि सिफारिस हुन सकेको छैन ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ११ : १६ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा