२९ भदौ २०८३, सोमबार | September 14, 2026

कोरम नपुगेपछि संवैधानिक परिषद्को बैठक स्थगित, बैठकमा देउवा उपस्थित भएनन



काठमाडौं । संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुने भएपछि संवैधानिक परिषद्को बैठक स्थगित भएको हो । यस्तै बैठकमा सभामुख अग्निप्रसाद सापकोटा पनि अनुपस्थित भएका छन् ।

उता प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले हिजै बैठकमा अनुपस्थित हुने जनाएका थिए । तर, सत्तारुढ नेकपाभित्रको अन्तसंघर्षका कारण सभामुख सापकोटाा समेत अनुपस्थित भएपछि परिषद् बैठक प्रभावित भएको जनाइएको छ ।

दुई सदस्य अनुपस्थित भएपछि गणपुरक संख्याको अभावमा बैठक स्थगित भएको छ । सापकोटा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका छन् ।

६ सदस्यीय संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीस, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेता रहने गर्छन् । बैठक बस्नका लागि ५ जनाको अनिवार्य उपस्थिति हुनुपर्छ ।

एक वर्षदेखि उपभामुख रिक्त रहेका कारण अहिले रहेका सबै सदस्य उपस्थित भएपछि मात्रै बैठक बस्न सक्छ । संवैधानिक परिषद ऐन २०६६ को दफा ६ को उप–दफा ३ मा अध्यक्ष र अन्य चार सदस्यको उपस्थिति अनिवार्य गरेको छ। संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने गर्छन् ।

तर, आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राण र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना मात्रै उपस्थित भएपछि बैठक प्रभावित बनेको हो ।

परिषदको बैठक नबस्दा विभिन्न संवैधानिक आयोगमा रिक्त ४५ पदमा नियुक्तिका लागि सिफारिस हुन सकेको छैन ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  २ : ११ बजे

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

काठमाडौं । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको