७ चैत्र २०८२, शनिबार | March 22, 2026

पुष १८ भित्र संसद अधिवेशन बोलाउनुपर्ने बाध्यातमक अवस्था छ : सभामुख सापकोटा



काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन बोलाउन ढिलाई गरिरहेका बेला सभामुख अग्निप्रसाद सापकोटाले पुस १८ गतेभित्र अधिवेशन बोलाउनै पर्ने बाध्यता रहेको बताएका छन् ।

१४औं संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभामुख सापकोटाले जति ढिलाई गरेपनि पुष १८ गतेसम्म अधिवेशन बोलाउनुपर्ने बाध्यता रहेको जनाएका हुन् ।

संवैधानिक प्रावधान अनुसार एक अधिवेशन सकिएको ६ महिनाभित्र अर्को अधिवेशन बोलाउनैपर्ने बाध्यता रहेको छ ।सभामुख सापकोटाले अधिवेशनका लागि तयार रहन संसद सचिवालयलाई निर्देशन पनि दिएका छन् ।

कोरोना भाइरसको संक्रमणको कारण देखाउँदै सरकारले संसदको वर्षे अधिवेशन गत असारमै अन्त्य गरेको थियो । यसपटक भाइरसको संक्रमणबाट अधिवेशन प्रभावित नहोस भनेर विशेष तयारी गरेको सापकोटाले बताए ।

संविधानअनुसार संसद अधिवेशन आह्वान र अन्त्य सरकारले गर्नेगर्छ । सत्तारुढ दलभित्र विवाद चर्किएकै कारण गत असारमा समेत हतारोमा अधिवेशन अन्त्य गरेको सरकारले अहिले हिउँदे अधिवेशन आह्वान गर्न चासो नै देखाएको छैन । बरु, संसदबाट पारित गर्नुपर्ने कतिपय महत्वपूर्ण विधेयकलाई अध्यादेशमार्फत भटाभट जारी गरिरहेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ४ : ५८ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा