३१ श्रावण २०८३, आइतबार | August 16, 2026

बुटवलमा नेबिसंघको सिट्ठी जुलुस, सरकारलाई सडकबाटै तह लगाउने चेतावनी



बुटवल । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आह्वान गरेको देशब्यापी बिरोध प्रदर्शनको पूर्व सन्ध्यामा बुटवलमा नेपाल विद्यार्थी संघले सरकार विरुद्ध सिठ्ठी जुलुस प्रदर्शन गरेको छ । नेविसंघ केन्द्रिय उपसभापति मुक्तिराज पौडेलको नेतृत्वमा निस्केको नेबिसंघको सिट्ठी जुलुस बुटवलको राजमार्ग चौराहाबाट सुरु भएर मिलनचोक पुगेर समापन गरिएको थियो ।

मंसिर २९ गतेको विरोधसभा सफल पारौं ,सरकारका गलत कामको बिरोध गरौँ भन्ने नारा लेखिएका प्लेकार्ड सहित बिद्यार्थी र युवाहरु सिट्ठी जुलुसमा सहभागी भएका थिए ।

भोलि कांग्रेसले सरकारविरुद्ध देशैभर प्रदर्शन गर्दैछ । प्रदर्शनलाई सफल बनाउन प्रचारात्मक जुलुस निकालिएको नेबिसंघ उपसभापति पौडेलले बताए । कोरोना महामारीका बेलामा सरकार भ्रष्टाचारमा लिप्त भएको र सरकारका कारण संघीय लोकतान्त्रिक गणतन्त्र समेत संकटमा परेको भन्दै पौडेलले सरकारलाई जनताले सडकबाटै तह लगाउने चेतावनी दिए ।

 

 

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ७ : ४८ बजे

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी । कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका

जाजरकोट पहिरो अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई अझै बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा खसेको लेदोसहितको

सुनको मूल्य तोलामा तीन हजार ६०० रुपैयाँले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन

जाजरकोट पहिरो अपडेड : एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली । अविरल वर्षापछि भेरी नगरपालिका-२ जाजरकोट रिसाङमा पहिरोमा परी

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन उर्जा जानकारहरुको सुझाव

काठमाडौं । मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई