८ बैशाख २०८१, शनिबार | April 20, 2024

जीमेलमा आयो नयाँ अपडेट, डकुमेन्ट पनि इडिट गर्न सकिने



एजेन्सी । यदि तपाईं जीमेलको प्रयोग गर्नुहुन्छ भने माएक्रोसफ्ट अफिसको फाइल जीमेलमा नै खोल्न सक्नुहुन्न वा त्यसलाई जीमेलमै इडिट गर्न सक्नुहुन्न ।

अब भने तपाईको समस्याको समाधान आएको छ । कम्पनीले तपाईंको यो गुनासोलाई सम्बोधन गर्दै जीमेलमै माइक्रोसफ्ट अफिस खोल्न सकिने र त्यसलाई जीमेलमै इडिट पनि गर्न सकिने भएको छ ।

अर्कोको शब्दमा अब जीमेलमा रहेर र डकुमेन्टको आरिजिनल फाइल फर्मेटलाई यथावत बनाइ राख्नका लागि वर्ड, एक्सल पावरप्वाइन्ट फाइललाई इडिट गर्न सकिन्छ ।

यो फिचर अहिले सबैका लागि भने उपलब्ध छैन तर, गुगलले चाँडै नै सबैका लागि यसलाई सार्वजनिक गरिने भएको छ । नयाँ अपडेट पछि अफिसको फाइल भित्र एक नयाँ रिप्लाई अप्सन पनि रहेको हुन्छ ।

हालै ३० नोभेम्बरमा माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोरर ११ बन्द गरिदिएको छ । यदि तपाईं माइक्रोसफ्टको कुनै ब्राउजरमा टिम्सको प्रयोग गर्न चाहनुहुन्छ भने अब तपाईंको माइक्रोसफ्ट एजको प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैगरी १७ अगस्ट २०१२ मा इन्टरनेट एक्सप्लोरर ११ मा माएक्रोसफ्ट ३६५ सर्भिसको सपोर्ट पनि बन्द हुने भएको छ ।

माइक्रोसफ्टले केही दिन पहिले भनेको थियो, “माइक्रोसफ्ट ३६५ एप्स र सर्भिसेजका सपोर्ट इन्टरनेट एक्सप्लोरर ११ मा आउँदो वर्ष (सन् २०२१)बाट बन्द हुने भएको हो । ”

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ६ : ०७ बजे

एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुदैँछ

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुँदै

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि

आजको मौसम : देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै

काठमाडौं । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ