१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

नेपाल वायु सेवा निगमले डिसेम्वर १७ देखि काठमाडौ-नयाँ दिल्ली उडान सुरु गर्ने



काठमाडौ । नेपाल वायु सेवा निगमले काठमाडौ -दिल्ली उडान सुरु गर्ने भएको छ । निगमले आज सुचना जारी गरी काठमाडौ-दिल्ली उडान सुरु गर्ने जानाकारी दिएको हो ।

यसअघि कोराना भाइरसका कारण, संक्रमण नियन्त्रणका लागि दुवै मुलुकले अन्तराष्ट्रिय नियमित अन्तर्देशीय उडानहरुमा प्रतिबन्ध लगाएका थिए । हाल दुवै मुलुकहरुले उडानहरुमाथिको प्रतिबन्ध Air Transport Bubble मार्फत खुकुलो बनाएकोले निगमले १७ डिसेम्वर २०२० देखि काठमाडौ नयाँ दिल्ली, नयाँ दिल्ली काठमाडौ रुटमा प्रतिदिन एक वटा उडान सुरु गर्न लागेको हो ।

कोभिड १९ को कारणबाट लामो समयसम्म उडान स्थगित हुँदा यात्रुहरुको आवागमन चापमा परेको पभाव अध्ययन गरी उडान संख्यामा समायोजन गर्न सकिने र सोको पूर्वसुचना दिइने निगमले जनाएको छ ।

साथै नेपाल सरकार र भारत सरकारले निर्धारण गरेका स्वास्थ्य सम्वन्धी शर्तहरुको पूर्ण पालना गर्दै यात्रहरुलाई अधिकतम सुविधासहित संक्रमणरहित गुणस्तरीय हवाई सेवा प्रदान गर्न  प्रतिबद्ध रहेको निगमले जनाएको छ । यस्तै निगमले यात्रुहरुले यात्रा गर्नुपूर्व टिकेटिङ /एजेन्सी वायुसेवासँग जानाकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ६ : १२ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग