४ आश्विन २०८३, आइतबार | September 21, 2026

नेपाली अलैँचीका पाँच जातको पहिचान



इलाम । नेपाली अलैँचीको जात पहिचान गरिएको छ । नेपाली बगानमा खेती गरिने अलैँचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको छ । नेपालमा लामो समयदेखि अलैँची खेती गरिए पनि जात पहिचान भएको थिएन ।

अन्तर्राष्ट्रिय क्षेत्रमा भारतले आफ्नो जातको पहिचान गराएको छ । नेपालमा खेती हुने अलैँची पनि भारतले आफ्नो स्वामित्वमा लिएको छ । नेपालले पनि अन्तर्राष्ट्रिय बजारमा अलैँचीको जात चिनाउन नयाँ जात पहिचान गरेको हो । नेपालमा करीब १४ जातका अलैँची खेती भए पनि अहिले पाँच जातका अलैँची मात्र सिफारिस गरिएको छ ।

अलैँची विकास केन्द्र, फिक्कलका अनुसार जात अनुमोदन उन्मोचन तथा दर्ता उपसमितिको बैठकले अलैँचीको नाम दर्ताका लागि सिफारिस गरेको हो । केन्द्रका अनुसार अहिले पाँच जातको दर्ता गर्ने र अन्य जात चरणबद्ध रूपमा सिफारिस गरिनेछ । अब सरकारलाई सिफारिस गरिएका अलैँचीको अनुमोदन भएर राजपत्रमा अङ्कित भएपछि औपचारिकरूपमा जातको विभाजन हुन्छ ।

अहिले रामसाई, गोलसाई, डम्बरसाई, जिर्मले र भार्लाङ्गे जातको अलैैँची नेपाली जातका रूपमा दर्ता गर्न सिफारिस गरिएको अलैँची विकास केन्द्रका प्रमुख पदम अधिकारीले बताए । ‘अब कृषि सचिवको अध्यक्षतामा रहेको बीउ बिजन उन्मोचन समितिको बैठक बसेर ती नामहरु अनुमोदन गरेपछि अलैँचीको नेपाली जातले पूर्णता पाउँछ’, अधिकारीले भने, ‘अहिलेसम्म नेपालमा खेती गरियो तर जात दर्ता गरिएको थिएन, अब भने नेपाली जातको अलैँचीलाई कसैले मेरो भनेर दाबी गर्न पाउँदैन ।’

केन्द्र प्रमुख अधिकारीका अनुसार रामसाई जातको अलैैँची विसं १८५० मा नेपालमा खेती भएको मानिएको छ । प्रतिरोपनी ३१ किलो उत्पादन हुने यो अलैँची अहिले छ हजार हेक्टरमा खेती हुने गरेको छ । सोही उचाइमा खेती हुने अर्को जात भार्लाङ्गे पनि विशेषगरी इलामको प्याङ, जमुना, माबु र गोर्खेमा खेती हुने गरेको छ । प्रतिरोपनी ४५ किलो उत्पादन हुने यो जातको अलैँची तीन हजार हेक्टर जमिनमा खेती गरिन्छ ।

गोलसाई जातको अलैँचीको नेपालको पूर्वी पहाडमा विसं १८५० देखि खेती थालिएको हो । यो अलैँची समुद्री सतहदेखि एक हजार २०० देखि एक हजार ६०० मिटर उचाइसम्म खेती हुने गरेको छ ।

प्रतिरोपनी ३५ किलो उत्पादन हुने यो अलैँची ५९ हजार हेक्टरमा खेती हुन्छ । यस्तै अर्को जात डम्बरसाई पनि किसानले धेरै रुचाएको जनाइएको छ ।

एक सय ७० वर्षअघि शुरु गरिएकोे प्रतिरोपनी ३५ किलोका दरले उत्पादन हुने डम्बरसाई अलैँची अहिले एक हजार ५०० हेक्टर क्षेत्रफल जमिनमा रोपिएको छ । यो अलैँची पनि ६०० देखि एक हजार २०० मिटर उचाइभित्र खेती हुने गरेको छ । रासस

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ७ : ४३ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन