३ चैत्र २०८२, मंगलबार | March 17, 2026

संवैधानिक परिषदको बैठक ११ बजे पछि स-यो, १० बजे मन्त्रिपरिषदको ‘आकस्मिक बैठक’



काठमाडौं । ९ बजे बोलाईएको संवैधानिक परिषद बैठकलाई ११ बजे ढकेल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका छन् । बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाइएको एक मन्त्रीले बताए ।

बिहान ९ बजेका लागि संवैधानिक परिषद बैठक बोलाईएको भएपनि सो बैठक ११ बजेपछि सम्म सारिएको छ । परिषदको बैठकअघि ‘आकस्मिक’ रुपमा मन्त्रिपरिषद बैठक बस्न लागेको ती मन्त्रीले बताए ।

बैठकको कार्यबिधि अनुसार एजेण्डा सहित बैठक बोलाउनु पर्नेमा बिना एजेण्डा बैठक डाकिएको थियो । बैठकको एजेण्डा तय गर्नकै लागि आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक बोलाईएको अनुमान गरिएको छ । आइतवार बस्ने भनिएको बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिनिधिसभा सभामुख अग्नी सापकोटा अनुपस्थित भएपछि स्थगित भएको थियो । संवैधानिक नियुक्तिबारे प्रम ओलीको सभापति देउवासँग छलफल भएपछि आजको बैठकमा देउवा सहभागी हुने बताईएको छ ।

पार्टी भित्र विवाद कायमै रहेको बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले संवैधानिक परिषद्को बैठक आव्हान गरेका छन् । पार्टीको विवादकै कारण सभामुख सापकोटा आजको बैठकमा पनि अनुपस्थित भएमा बैठक प्रभावित हुने छ ।

पार्टीभित्र छलफल गरेर संवैधानिक नियुक्ति गर्नुपर्ने सचिवालय र स्थायी समितिका नेताहरुले बताउँदै आएपनि प्रधानमन्त्री ओलीले स्वतन्त्रपूर्वक सरकार चलाउन पाउनु पर्ने भन्दै त्यस्ता नियुक्ति गर्दै आएका छन् । सरकार सञ्चालनको नियमित प्रक्रियामा पार्टीको हस्तक्षप हुन नहुने ओली पक्षको धारणा रहँदै आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत आयोगहरुमा ४५ पद रिक्त छन् ।

 

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ९ : १९ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित