२१ मंसिर २०८२, आइतबार | December 7, 2025

सरकारले जनताका आवाज सुनेन : नेता सिंह



धनुषा ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले सरकारले संसद्लाई विधि र प्रक्रियामा सञ्चालन हुन नदिएको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य सिंहले सरकारले नारा र सपना मात्र बाँडेको दोषारोपण गरे ।

पार्टी पूर्वमहामन्त्री सिंहले सरकारले जनताका दुःखकष्टको आवाजलाई नसुनेको भनी चिन्ता व्यक्त गरे । सरकारले परराष्ट्र नीति सञ्चालन गर्दा राष्ट्रको हितलाई ध्यानमा नराखी कम्युनिष्ट पार्टीको हितलाई मात्र प्राथमिकता दिएको आरोप लगाउँदै पूर्वउपप्रधानमन्त्री सिंहले कोरोनाका नाममा सीमा नाका बन्द गरी जनतालाई सास्ती भोग्नु परिरहेको अवस्थाप्रति तीनै तहका सरकार गम्भीर हुनु जरुरी छ भने ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  १ : ५२ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न