२ पुस २०८२, बुधबार | December 17, 2025

बहुमतको बलमा निर्णय गर्न सरकारद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी



काठमाडौं । सरकारले संवैधानिक परिषदमा बहुमतको निर्णय मान्य हुने गरी नयाँ अध्यादेश जारी गरेको छ ।

संवैधानिक परिषद् बैठकको बिहान बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि हतारहतारमा ल्याएको अध्यादेशले बहुमत सदस्यको उपस्थितिमा निर्णय गर्न सजिलो हुने गरी अध्यादेश ल्याएको हो ।

संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनको दफा ६ को उपदफा ३ लाई संशोधन गर्ने अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरिसकेकी छिन् ।

अध्यादेश ल्याउनैका लागि बिहान परिषद बैठक स्थगित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले हतारमा मन्त्रिपरिषद बैठक बोलाएका थिए । तर मन्त्रिपरिषद बैठकमा अध्यादेश बारे कुनै छलफल नभएको कृषिमन्त्री घनश्याम भुषालले बताएका छन् । बैठकमा छलफल नभएपनि प्रधानमन्त्रीको आदेश नै मन्त्रिपरिषदको निर्णय सरह हुने प्रचलन छ । बैठकको माइन्युट प्रधानमन्त्रीको निर्देशनमा मुख्यसचिवले तयार पार्छन् ।

संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष रहन्छन् । प्रधानन्यायाधीस, सभामुख राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन् । आज बिहानको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित भएका थिए । यसअघि देउवा अनुपस्थित हुने गरेको बैठकमा नेकपाभित्रको विवादको छायाँ देखिन सुरु भएको थियो ।

प्रधानमन्त्रीले आफुखुशी व्यक्तिहरु संवैधानिक निकायमा ल्याउन खोजेको भन्दै सत्तारुढ नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएपछि उनी निकट सभामुख सापकोटा आजको बैठकमा अनुपस्थित भएका थिए ।

तर अध्यादेश अनुसार अब सभामुख अनुपस्थित भएपनि बैठक बस्नेछ ।

यसैबीच अध्यादेशबारे विपक्षी दल नेपाली काँग्रेसले पनि आपत्ती जनाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अध्यादेशबारे पार्टीमा छलफल नभै सभापति बेलुका बस्ने बैठकमा उपस्थित नहुने जनाएका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ४ : २९ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि