२५ श्रावण २०८३, सोमबार | August 10, 2026

संवैधानिक परिषद बैठकमा कांग्रेस सभापति देउवा सहभागी नहुने



काठमाडौं । सरकारले एकपक्षियरुपमा अध्यादेश मार्फत संवैधानीक नियुक्त गर्न अग्रसर भएपछि आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा  नजाने भएका छन्।

मंगलबार बिहान बसेको परिषदको बैठकमा प्रतिनिधिसभाका सभामुख उपस्थित नभएका कारण गणपुरक संख्या नपुगेपछि स्थगित भएको थियो। बैठक साँझ पुनः बस्ने भनिए पनि सरकारले दिउँसो परिषदसम्बन्धी अध्यादेश ल्याएपछि साँझको बैठकमा कांग्रेस सहभागी नहुने भएको हो। ppयस अघि देउवा र प्रधानमन्त्री ओलीका बीच केहि पदहरु बाँडफँटका बिषयमा भद्र सहमती भएका आधारमा देउवा बैठकमा सहभागी हुन मन्जुर भएका थिए । तर एकाएक उपस्थित संख्याको बहुमतका आधारमा निर्णय गर्न सकिने भन्दै बिपक्षीलाई पेल्न मिल्ने गरि अध्यादेश जारी गरिएपछि देउवा बैठकमा उपस्थित नहुने भएका हुन् ।

सभापति एवं दलका नेता देउवा संवैधानिक परिषद बैठकमा सहभागी नहुने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले अध्यादेश ल्याउनु असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै त्यस्तो कार्यमा काग्रेसको साथ नहुने बताए।

कांग्रेसले संसद बैठक माग गरिरहेको बेला र संवैधानीकरुपमा पनि पुस १८ सम्ममा संसद बस्नै पर्ने अवस्थामा ल्याएको अध्यादेश कांग्रेसलाई अस्वीकार्य हुने उनले बताए।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ४ : ४४ बजे

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय