८ बैशाख २०८१, शनिबार | April 20, 2024

‘विवादित’ अध्यादेशका आधारमा बालुवाटारमा संवैधानिक परिषद बैठक जारी



काठमाडौं । मन्त्रिपरिषदमा छलफल समेत नगरि राष्ट्रपतिबाट जारी गराईएको संवैधानिक परिषद ( काम, कर्तब्य तथा अधिकार) सम्बन्धि अध्यादेशका आधारमा संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको छ ।

उपस्थित संख्याको बहुमतबाट निर्णय गर्न सकिने, सदस्यहरुलाई एजेण्डा समेत वितरण गर्न नपार्ने जस्ता विषयहरु राखेर जारी गरिएको अध्यादेशको कार्यविधिका आधारमा बसेको हो ।

साँझ बसेको बैठकमा बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधान न्यायाधीश चोलेन्द्र शमसेर राणा मात्र उपस्थित छन्  । नयाँ अध्यादेशअनुसार अध्यक्षसहित ३ जनामात्र सदस्य रहेका छन् ।

आजै बिहान बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि गणपुरक संख्या नपुग्दा बैठक स्थगित भएको थियो। गत आइतबारको बैठकमा पनि सभामुख सापकोटा र बिपक्षीदलका नेता शेरबहादुर देउवा अनुपस्थित भएर पछि स्थगित भएको थियो ।

बिहान मन्त्रिपरिषद बैठक डाकेर प्रधानमन्त्री अध्यादेश फ्याउँदै केपी शर्मा ओलीले आजै साँझ ५ बजेका लागि बैठक डाकेका थिए।

आज बिहान सभामुख उपस्थित नभए पनि प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित थिए।

तर दिउँसो प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठकका लागि आवश्यक गणपुरक संख्या कम गर्ने गरी अध्यादेश ल्याएपछि देउवा समेत बैठकमा अनुपस्थित भएका हुन् ।

 

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ६ : ०८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने