१ जेष्ठ २०८३, शुक्रबार | May 16, 2026

संवैधानिक परिषद बैठक : ठोस निर्णय भएन



काठमाडौँ । अध्यादेशमार्फत आफ्नो अनुकल कानुनी ब्यवस्था गरेर बसेको संवैधानिक परिषद बैठक कुनै निर्णय नगरी स्थगित भएको छ ।

विभिन्न संवैधानिक निकायमा रिक्त रहेका ४५ पदहरुमा नियुक्तिका लागि सिफारिस गर्न मंगलबार साँझ बसेको परिषदको बैठकले सिफारिससम्बन्धी कुनै पनि निर्णय नगरेको हो ।

मन्त्रिपरिषदको बैठकमा मन्त्रीहरुलाई समेत सुईंको नदिई राष्ट्रपतिबाट एकाएक जारी गराइएको अध्यादेशका आधारमा बसेको परिषद बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा तथा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थिति भएका थिए ।

बैठकमा रिक्त पदबारे नियुक्ति गर्ने व्यक्तिहरूबारे छलफल भएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए ।

आइतबार गणपुरक संख्या नपुगेर स्थगित गरिएको बैठकको मंगलबार बिहान बसेको बैठकमा पनि नपुगेपछि प्रधानमन्त्री ओलीले पार्टी, संसदीयदल, मन्त्रिपरिषद कसैसँग सल्लाह नगरी राष्ट्रपतिबाट अध्यादेश जारी गराएका थिए ।

प्रधानमन्त्रीको एकल सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषद्को बैठक सम्बन्धी कार्यविधि संशोधनका अध्यादेश जारी गरेकी थिइन्।

अध्यादेशले गणपुरक संख्या र निर्णय प्रक्रियाबारेको व्यवस्था परिमार्जन गरेको थियो। परिमार्जित ब्यवस्था अनुसार मंगलबार साँझ परिषदको बैठक बसेको थियो ।

मंगलबार साँझ सभामुख अग्नी सापकोटाले पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र समन्वयको अभावमा बैठकमा अनुपस्थित भएको बताएका थिए भने विपक्षी दलका नेता शेरबहादुर देउवाले पनि अध्यादेश ल्याएर प्रधानमन्त्री ओलीले सर्बसत्ताबाद लाड्न खजेको भन्दै बैठकमा उपस्थित नहुने जनाउ दिएका थिए ।

सरकारले सबैको बिश्वास जितेर परिषदको बैठक बसाल्न नसक्दा अख्तियारसहित ४५ संवैधानिक निकायहरु रिक्त रहेका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  १० : ०६ बजे

१ सय रुपैयाँ बढीको सामानमा उठाउँदै आएको भन्सार शुल्कमा सर्वोच्च अदालतको रोक

काठमाडौं । नेपाल-भारत सीमा नाकाबाट १ सय रुपैयाँ भन्दा बढीको

विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालक नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकारण

नेपालगन्ज । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि

एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ