२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

लोपोन्मुख नाट्यकार खोज्दै कलाकर्मीहरु नेपालगन्जमा, ७ दिने नाट्य कार्यशाला सम्पन्न



नेपालगन्ज । थेटर संस्कृतिमा आधारित अभिनय, कला र नाट्यकारहरु लोप हुँदै गएको अवस्थामा नेपालगन्जमा ७ दिने नाट्य कार्यशाला सम्पन्न भएको छ ।

नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिस्थानको संयोजनामा नेपालगन्जमा भएको नाट्य कार्यशालामा नेपाल संस्कृतिक सन्स्थानका नाट्य बिभाग प्रमुख चलचित्र नायक बिरेन्द्र हमालले नाट्य कलाका बिबिध बिषयम प्रशिक्षण दिएका थिए । थेटर संस्कृति, अभिनय, नाट्य मञ्चनका बिबिध बिषय प्रशिक्षणमा बाँके, बर्दिया, दाङ्ग, कैलाली, सुर्खेत, अछाम, कालिकोट लगायतका जिल्लाहरुबाट ३७ जना युवाहरुको सहभागिता रहेको बाँकेका बरिष्ठ नृत्य निर्देशक सुन्दर गुरुङले जानकारी दिए ।

कार्यक्रमको समापनका अवसरमा मंगलबार नेपालगन्जमा आयोजित कार्यक्रममा कला, संस्कृति र अभिनय क्षेत्रमा योगदान पु-याएका तीन जनालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा कला संगीतको संरक्षण, सम्वद्र्धन एवं प्रवद्र्धनका लागि यस क्षेत्रकै वरिष्ठ संगीतकार तथा गायक स्वर्गीय महेन्द्र हमालको स्मृतिमा स्थापित शान्ति–महेन्द्र हमाल प्रतिष्ठानद्वारा लोक गायक कमल विके निर्मोही, नृत्य निर्देशक सुन्दर गुरुङ्ग र अवधी कलाकार रंगकर्मी वीरेन्द्र हमाललाई सम्मान गरिएको थियो ।

कलाकारत्रयलाई प्रदेश सभासद् हमाल, प्रतिष्ठानका संरक्षक शन्ति हमाल, प्रतिष्ठानका अध्यक्ष तथा एम. आर्ट थियटरका प्रवन्ध निर्देशक वीरेन्द्र हमालले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेेेेका थिए ।

 

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  १० : ४७ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको